ब्यानर न्यूज

चलचित्र विकास बोर्डले भन्यो : सरोज खनालको फोटो नियोजित रुपमा खिचियो

चलचित्र विकास बोर्डले भन्यो : सरोज खनालको फोटो नियोजित रुपमा खिचियो

Posted in ब्यानर न्यूज
३० असार, काठमाडौं । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण कार्यक्रमको फोटो विवादबारे चलचित्र विकास बोर्डले धारणा सार्वजनिक गरेको छ ।अभिनेता सरोज खनालले शौचालयको कमोडमाथि बसेको फोटो फेसबुकबाट सार्वजनिक गरेपछि विवाद भएको थियो । सोमबार चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गरी उक्त तस्वीर नियोजित रुपमा खिचिएको दाबी गरेको छ ।‘राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ’, चलचित्र संग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्दछ ।’तर, खनालले अभिनेत्री करिष्मा मानन्धरको स्टाटसमा फोटोसहित कमेन्ट गर्दै शितलनिवासमा
भारतविरुद्ध जनसंघर्ष गरौं, दशगजाको बाँध भत्काऔँ

भारतविरुद्ध जनसंघर्ष गरौं, दशगजाको बाँध भत्काऔँ

Posted in ब्यानर न्यूज
काठमाडौं : देशका तराई-मधेसका भूभाग भारतीय बाँध र सडकका कारण डुबानमा परेका छन्। विशेष गरी प्रदेश २ र ५ का केही जिल्ला अधिकांश भाग डुबानमा चुर्लुम्म छन्।डुबानले हजाराौँ नागरिकको बिचल्ली भइरहँदा मधेसवादी भनिने समाजवादी पार्टी र राजपा नेपालले अहिलेसम्म मुख खोलेका छैनन्। डुबानको प्रसंगमा भारतीय पक्ष जोडिने भएकाले उनीहरुले अहिलेसम्म आधिकारिक वक्तव्य निकाल्न जरुरी ठानेका छैनन्।भारतको आलोचना गर्नुपर्ने डरले दलहरु मौन बनेका बेला एकजना पूर्वसभासदले भने कडा प्रतिक्रिया दिएका छन्। नेकपा माओवादीबाट स‌ंविधानसभा सदस्य बनेका अशोक जयसवालले भारतीय बाँधका कारण नेपाली भूभाग डुबिरहँदा चुप लागेर बस्न नसकिने प्रतियक्रिया दिएका हुन्।पूर्वसभास जयसवालले भारतविरुद्ध कडा प्रतिक्रिया दिँदै जनस्तरबाट प्रतिरोध गर्नुपर्ने बेला आइसकेको बताए । बाँधका कारण रौतहटको गौर र जिल्लाको अधिकांश भाग डुब्दा पनि भारतीय
रौतहट डुवाउने नेपाल सरकार हो,भारत होइन्, राहतका लागि भारतीय राजदूतसँग कुरा हुँदैछ – झा

रौतहट डुवाउने नेपाल सरकार हो,भारत होइन्, राहतका लागि भारतीय राजदूतसँग कुरा हुँदैछ – झा

Posted in ब्यानर न्यूज
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लबमा झाले भने, ‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ ।भारतलाई सरापेर हुँदैन् ।’नले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । झाले भने, ‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ । बेपत्ता भएकाहरुको शिघ्र खोजी कार्य सुरु गर्नुपर्छ । र, घाईतेहरुलाई पनि उपचार गराउनुपर्छ ।’ उनले अहिले पनि ठूलो संख्यामा बाढि तथा पहिरोमा फसिरहेको सुनाउँदै उनीहरुको तत्काल उद
बिहार जलमग्न भएपछि कोशी ब्यारेजको खोलिएका ढोका फेरि गरियो बन्द

बिहार जलमग्न भएपछि कोशी ब्यारेजको खोलिएका ढोका फेरि गरियो बन्द

Posted in ब्यानर न्यूज
सुनसरी- भारतको बिहार जलमग्न भएपछि कोशी ब्यारेजको ५१ बर्षपछि पहिलोपटक सबै ढोका खोलिएको केही घण्टामा फेरि बन्द गरिएको छ । बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिएसँगै कोशी ब्यारेजका ढोका बन्द गरिएको बताइएको छ । सप्तकोशीमा लगातारको वर्षाले पानीको बहाव उच्च भएपछि आज बिहान कोशी ब्यारेजका ५६ वटा सबै ढोका खोलिएको थियो ।भारत सरकारले सन् १९५४, विक्रम सम्वत् २०११ सालमा महत्वकांक्षी योजना अन्तरगत आफनो भूमि सिंचाइ गर्न र बाढी नियन्त्रणका लागि कोशी ब्यारेज निर्माण गरेको हो । कोशी ब्यारेजको निर्माणसंगै भारतले नेपाली भूमि सुनसरीको कोशी ब्यारेज क्षेत्रबाट ३२ किलोमिटर साविकको महेन्द्रनगरको सुक्रबारेसम्म ४५ वटा स्परमा आफ्नो नियन्त्रण रहनेगरी पूर्वी तटबन्धको रेखदेख गर्दै आएको छ । हरेक वर्षायाममा कोशीको पूर्वी तटबन्ध क्षेत्रमा बसोवास गर्नेहरु कोशीले बाँध फुटाउने त्रासमा हुने गर्दछन् । २०६५ साल भ
सरकारले १२ घण्टामा बनायो पुल रोकिएका हजारौं सवारी सुचारु

सरकारले १२ घण्टामा बनायो पुल रोकिएका हजारौं सवारी सुचारु

Posted in ब्यानर न्यूज
धनुषा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा बाढीले पुल बगाएको भब्सी नदीमा नेपाल सरकारले १२ घण्टा नपुग्दै पुल बनाएको छ। पुल भत्केपछि राजमार्ग अवरुद्ध बनेका कारण डिभिजन सडक कार्यालय जनकपुरले तत्कालै बेली ब्रिज जडान गरेको हो।बेलीब्रिज जडान गरेर पूर्वपश्चिम राजमार्ग सुचारु गराएको कार्यालयका प्रमुख इन्जिनियर बिनोद मौवारले जानकारी दिए। सामान्य अबस्थामा बेलीब्रिज नै जडान गर्नपनि केही हप्ता लगाउँने सरकारी संरचनाले यहाँ भने काम गरेर देखाएका छन् । अहिले राजमार्ग सुचारु भएको छ ।जाममा परेका हज्जारौ सवारी चल्न थालेका छन् । अहिले बढी भार क्षमता भएको गाडीलाई रोक्दै आवतजावत अघि बढाउनेगरी मिलाइएको छ। भारी क्षमताको गाडी आवतजावत गर्न नदिन भब्सी नदीको दुवैतिर सुरक्षाकर्मी परिचालित छन्। शनिबार बिहान पुल बाढीले बगाएका कारण दिनभर हजारौँ सवारी साधन अलपत्र थिए।यसअगाडी प्रकाशित भएका समाच
पाल्पाको अस्पतालवाट बच्चा चोर्ने विमकलाको फिल्मको जस्तै लाग्ने जिवन कथा, यसकारण चोरीन् बच्चा

पाल्पाको अस्पतालवाट बच्चा चोर्ने विमकलाको फिल्मको जस्तै लाग्ने जिवन कथा, यसकारण चोरीन् बच्चा

Posted in ब्यानर न्यूज
स्याङ्जा गल्याङ्ग नगरपालिका ५ डुम्रीचौर स्थायी घर भएकी ४५ वर्षकी विमकला पाण्डे एक दशक अघिदेखि कालीगण्डकी ए परियोजनाको ड्याम साईडको क्वाटरमा दैनिक ज्यालादारीमा सरसफाई गर्ने कर्मचारीका रुपमा कार्यरत थिइन् ।उनी त्यही क्वाटरमा बस्दै आएकी थिईन् । उनले एक वर्ष अघि दाङ्गका एक युवकसँग (दोस्रो) प्रेम विवाह गरिन् ।तर ती युवक अहिले विदेशमा छन् । विमकलाका पहिलो पतिको केही वर्ष अघि मृ**त्यु भएको थियो । पहिलो श्रीमान् तर्फका दुई छोरीहरु ठूलै भई सकेका छन् । उनले पछिल्लो समय सामजिक सञ्जालको माध्यमबाट सम्पर्क बढेपछि प्रेम विवाह गरेकी थिईन् ।बिमकलाले झण्डै ८–९ महिना अघिदेखि आफू गर्भवती भएको बताएकी थिइन् । उनका छिमेकीहरुले पनि उनी गर्भवती भएको विश्वास गरेका थिए किनकि छिमेकीहरुले उनको पेट बढेको देखेका थिए । सम्भवतः उनले पेटमा कपडा राखेर पेट बढाएकी थिइन् । उनले विदेश गएका श्रीमानलाई पनि आफू गर्
डोल्पाको काशिल खोलामा एक्कासी आएको बाढीले १० जनालाई बेपत्ता पार्‍यो

डोल्पाको काशिल खोलामा एक्कासी आएको बाढीले १० जनालाई बेपत्ता पार्‍यो

Posted in ब्यानर न्यूज
डोल्पा । डोल्पाको काशिल खोलामा आएको बाढीमा परी एकको निधन भएको छ भने १० जना अझै बेपत्ता छन्।मुड्केचुला गाउँपालिकामा पर्ने काशिल खोलामा बाढी आउँदा १० जना बेपत्ता भएका हुन् ।१० मध्ये १ जनाको शव भेटिएको छ। भेटिएको शव ४३ वर्षीय धनराज बोहोराको भएको पुष्टी भएको छ । खोलामा आएको बाढीले ३ घर बगाउनुका साथै १० पानी घट्ट समेत बगाएको छ ।यस्तै बाढीले बिद्युत् गृह समेत बगाएको छ । अहिले शसस्त्र प्रहरी उद्दारका लागि जाँदै छ ।बाढिले बगाएर दुई दर्जनभन्दा बढी मानिस हराएको हुन सक्ने स्थानीयको अनुमान छ ।जिल्ला सदरमुकाम दुनैबाट नेपाल प्रहरी शसस्त्र प्रहरी पनि पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।र यो पनि पढ्नुहोस् इलाममा परीक्षा दिएर फर्किएका तीन छात्रा माइ खोलामा बेपत्ता इलाम। इलाममा परीक्षा दिएर फर्किदै गरेका तीन विद्यार्थी माइ खोलामा बेपत्ता भएका
सप्तकोशीका ५६ वटै ढोका खोलियो, भारतीय पक्षबाट बन्द गर्न दबाब !

सप्तकोशीका ५६ वटै ढोका खोलियो, भारतीय पक्षबाट बन्द गर्न दबाब !

Posted in ब्यानर न्यूज
इनरुवा । सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएका छन्।सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार पानीको बहावे ३ लाख ७१ हजार एक सय १० क्युसेक प्रतिसेकेण्ड रहेको छ । शिनबार दिउँसो ४१ वटा ढोका खोलिएको थियो ।नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।पानीको बहाव बढेर गएपछि पूर्वपश्चिम आवतजावत गर्ने सवारीसाधनलाई पालोपालो जाने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल भण्टाबारीका प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए। शुक्रबारदेखि कोशी ब्यारेजमा खतराको सङ्केतस्वरुप रातो बत्ती
इलाममा परीक्षा दिएर फर्किएका तीन छात्रा माइ खोलामा बेपत्ता

इलाममा परीक्षा दिएर फर्किएका तीन छात्रा माइ खोलामा बेपत्ता

Posted in ब्यानर न्यूज
इलाम। इलाममा परीक्षा दिएर फर्किदै गरेका तीन विद्यार्थी माइ खोलामा बेपत्ता भएका छन्। माई नगरपालिका ६ भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खोला तर्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।बेपत्ता हुने विद्यार्थीमा कक्षा ९, ८ र ६ पढ्ने माइ नगरपालिका १ ज्वालेका निशा सुनार, आकृति आङ्देम्बे र सुनिता साउदने दिउँसो २ बजे बेपत्ता भएको शिक्षक गोपाल घिमिरेले जानकारी दिए।उनीहरुसँगै घर फर्किर्दै गरेका अन्य दुई विद्यार्थी भने खोला तर्न सफल भएका छन्। विद्यार्थी बेपत्ता भए लगत्तै दानावारी, चिसापानी र पेल्टीमारी युनिटका प्रहरी खोजीकार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए।र यो पनि पढ्नुहोस् कोसी व्यारेजमा बाढीले खतराको सतह नाध्यो काठमाडौं । सप्तकोसी नदीमा पहाडी भेगमा लगातारको वर्षा सगै आएको बाढीले खतरा सतह पार गरेको छ ।मौसम विज्ञान विभाग अन्तर्गतको बाढ
के तपाइको घर प्रदेश १ मा पर्छ ? खुल्यो है प्रदेश १ को मिस्टर एण्ड मिस बन्ने मौका !!

के तपाइको घर प्रदेश १ मा पर्छ ? खुल्यो है प्रदेश १ को मिस्टर एण्ड मिस बन्ने मौका !!

Posted in ब्यानर न्यूज
इमेची डेक्स असार २८ । विर्तामोड, झापा ।प्रदेश १ को १४ जिल्लामा रहेका युवा तथा युवतीहरुको क्षमता प्रस्फोटन गराउने उदेश्यले झापाको बिर्तामोडमा प्रदेश १ स्तरीय शौन्दर्य प्रतियोगिता हुने भएको छ ।स्काई क्रिएटर ईन्टरटेन्मेन्ट प्राईभेट लिमीटेडले मिस्टर एण्ड मिस प्रदेश नं १ को रजिस्ट्रेसन फर्म खोलेको छ । प्रतियोतियोगितमा प्रदेश १ का १४ जिल्लाका युवा र युवतीले भाग लिन पाउने छन् ।जसका लागि झापाको बिर्तामोड सहित, इलामको सदरमुकाम, सुनसरीको इटहरी, मोरंगको बिराटनगर, र फिदिममा छनौट कार्यक्रम शुरु भएका छन् । प्रदेश १ बाट ८० जना युवा र युवतीलाइ समावेश गरि प्रतियोगिता सञ्चालन गरिने आयोजक कम्पनीका प्रबन्ध निर्देशक सन्दिप राजबंशीले जानकारी दिए।प्रतियोगितामा समावेश प्रतिस्पर्धीहरुलाई मिस नेपालको ढाँचामा एक महिना बन्द शत्रमा राखि व्यक्तित्व तथा नेतृत्व बिकास, आत्मविश्वास, पब्लिक स्पिकींग, मोड