प्यारिभिट्टा क्लवको रक्तदान सम्पन्न


प्यारिभिट्टा । मेचीनगर–७ प्यारिभिट्टामा रक्तदान कार्याक्रम सम्पन्न भएको छ । प्यारिभिट्टा यूवा क्लवको आयोजनामा रक्कतदान कार्याक्रम सम्पन्न भएको हो ।

लकडाउनका कारण देशमा रगतको अभावको सृजना नहोस् भन्ने हेतुले रक्तदान कार्याक्रमको आयोजना गरिएको क्लवका संयोजक राजु शिबाकोटीले वताए । कार्याक्रममा ८८ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाको प्रविधिक सहयोग रहेको थियो ।

कार्याक्रममा झापा जिल्ला भरिवाट विभिन्न राजनैतिक दल संघ सस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको संयोजक शिबाकोटीले वताए । कार्याक्रममा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, नेपाली काङ्ग्रेस झापा अध्यक्ष उद्धव थापा, राप्रपा जिल्ला उपाध्यक्ष कमल खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष सोमाथ पोर्तेल नेपाल रेडक्रस सोसाइटी झापा प्रमुख लोकराज ढकाल, इलाका प्रहरी कार्यालयका प्रमुखलगायतको पनि उपस्थिति रहेको उनले बताए ।

(Visited 56 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु