सरकारले १२ घण्टामा बनायो पुल रोकिएका हजारौं सवारी सुचारु


धनुषा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा बाढीले पुल बगाएको भब्सी नदीमा नेपाल सरकारले १२ घण्टा नपुग्दै पुल बनाएको छ। पुल भत्केपछि राजमार्ग अवरुद्ध बनेका कारण डिभिजन सडक कार्यालय जनकपुरले तत्कालै बेली ब्रिज जडान गरेको हो।

बेलीब्रिज जडान गरेर पूर्वपश्चिम राजमार्ग सुचारु गराएको कार्यालयका प्रमुख इन्जिनियर बिनोद मौवारले जानकारी दिए। सामान्य अबस्थामा बेलीब्रिज नै जडान गर्नपनि केही हप्ता लगाउँने सरकारी संरचनाले यहाँ भने काम गरेर देखाएका छन् । अहिले राजमार्ग सुचारु भएको छ ।

जाममा परेका हज्जारौ सवारी चल्न थालेका छन् । अहिले बढी भार क्षमता भएको गाडीलाई रोक्दै आवतजावत अघि बढाउनेगरी मिलाइएको छ। भारी क्षमताको गाडी आवतजावत गर्न नदिन भब्सी नदीको दुवैतिर सुरक्षाकर्मी परिचालित छन्। शनिबार बिहान पुल बाढीले बगाएका कारण दिनभर हजारौँ सवारी साधन अलपत्र थिए।

यसअगाडी प्रकाशित भएका समाचारहरु पनि हेर्नुहोस

बाढीले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गमा वैकल्पिक सडक सञ्चालन

महोत्तरी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुल बाढीले बगाएपछि छोटा तथा लामा दुरीका सवारी साधन बाटोमा नै अलपत्र परेका थिए । बाढीले राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारीसाधन चलाउन वैकल्पिक सडक खोलिएको हो ।

लगभग राती १२ बजेदेखि रोकिएका सवारीसाधनहरु वैकल्पिक सडकबाट गन्तव्यतिर लागेका छन् । बैकल्पिक सडक बर्दिबास-औरही-गौशाला-माइस्थान हुँदै सञ्चालनमा आएको छ ।

पूर्वपश्चिम सडकखण्डमा सञ्चालनमा आएको वैकल्पिक सडक ।

भब्सी खोलामा आएको भीषण बढीले भब्सी पुल बगाउँदा रातिदेखि नै सवारीहरु जाममा परेका थिए । करिब १२ बजेको समयमा बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निसन थापाले जनाए ।

यसअगाडी प्रकाशित भएको समाचार

पूर्वपश्चिम राजमार्गको पुल बग्यो, रात्रिदेखी नै हजारौं यात्रुहरु अलपत्र

२८ असार, बर्दिवास । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत-जावत ठप्प छ ।

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु रोकिएका छन् । रातिदेखि नै यात्रुहरु सडकमा अलपत्र छन् । कतिपय यात्रुहरु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् ।

अविरल आएको वर्षासँगै पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगेको छ । खोलाले पुल बगाएपछि रात्रीदेखी नै हजारौं यात्रुहरु अलपत्र परेका छन् । तस्विर विकास रौनियारको फेसबुकबाट ।

शनिबार बिहान विपत व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सकृयतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । महोत्तरीको १४ नम्बर बजारका केही घरहरुमा सडकको पानी पसेको छ भने किसाननगरमा ३ वटा घर भत्किएको बर्दिवास नगरपालिका वडा नम्बर ७ का अध्यक्ष फागुनी मगरले बताए ।

बर्दिवास नगरपालिका १ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ । त्यहाँका चार-पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन् ।

रातिदेखि नै नेपाल टेलिकमका पोष्टपेड र प्रिपेड मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ ।

(Visited 95 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु