गृहलक्ष्मी साकोसले सुरु गर्यो मोवाइल बैकिङ, कार्यालय हप्तामा दुइदिन खुल्ला


मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्था मेचीनगर–९ धुलावारीले मोवाइल बैकिङ शुरु गरेको छ । लक डाउनका कारण समस्यामा परेका सेबाग्राहीका लागि सुबिधा होस् भनेर मोवाइल बैकिङ शुरु गरिएको हो ।

अव घरमै बसीबसी व्यालेन्सको जानकारी, मिनि स्टेटमेन्टको जानकारी, चेक अनुरोध र रद्ध, नगद ट्रान्सफर, लोनको जानकारी, एमएमएस अलर्ट, युटिलिटि बिल पेमेन्ट्स, लोड फन्ड लगायतका सुविधा उपलव्ध हुने गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाका व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।

गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको प्रधान कार्यालय

उनले भने– रिचार्ज गर्न र खानेपानी बिजुली बिल भुक्तानी गर्न अब हाम्रा सदस्यलाई समस्या नहुने वताए । एप मार्फत निकट भविष्यमा नेपालको जुनसुकै वाडिज्य बैंकहरौमा र सो बैंक बाट सहकारीको खातामा नगद ट्रान्फर गर्न मिल्ने सुविधा थप हुने छ ।  सो मोवाइल एप प्रिमियम टेक्नोलोजी र हाम्रो टेक्नोलोजी  प्रा.लि. काठमान्डौको सहकार्यमा संचालनमा ल्याएको हो ।

सेवा सुरु गर्न संस्थाको प्रधान कार्यालय धुलावारी सस्थाको सेवा केन्द्र बिर्तामोड र गाडागल्ली सम्पर्क गर्नका लागि उनले सम्पूर्ण सदस्यमा अनुरोध गरेका छन् । लक डाउनका कारण सेबाग्राही मर्कामा परेको भन्दै चैत २५ गतेदेखि हप्तामा दुईदिन कार्यालय सञ्चालन गरिरहेका छ । प्रत्येक हप्ता आईतबार र बुधबार बिहान ११ बजेदेखी १२ वजेसम्म कार्यालय सञ्चालन भइरहको हो ।

सदस्यको आवश्यक्तालाई मध्यनजर गर्दे खाताबाट १० हजार सम्म रकम निकाल्न मिल्ने व्यवस्था गरिएको सस्थाले जनाएको छ । स्वास्थ उपचार गराइरहेका सदस्यका लागि रकम लिकाल्न कुनै सिमा नतोकिएको सस्थाले जनाएको छ । सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षलाई ख्याल गरि सेवा दिइएको व्यबस्थापक मेहराले बताए । कार्यालय खुल्ला भएको समयमा रेमिटान्स सेवा समेत उपलव्ध रहेको व्यबस्थापक मेहराले बताए ।

(Visited 126 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु