१८ गतेभित्र परीक्षाको नतिजा प्रकाशित हुन्छ– एन–प्याब्सन अध्यक्ष राई


एन प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राई

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरका विद्यालयहरुलाई कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा यहि १८ गतेभित्र प्रकाशित गर्न निर्देशन गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आइतबार नगरका सबै विद्यालयहरुलाई १८ गतेभित्र कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन गरेको हो ।

१८ गतेभित्र कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा प्रकाशित गर्नका लागि केही समस्या भएपनि नगरले दिएको निर्देशन पालना गर्न लागि परिएको एन प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईले बताए । ‘परीक्षाको नतिजा प्रकाशित गर्नका लागि केही समस्या छन् ।

 

ती समस्याको समाधान गरेर नगरले दिएको समयसिमा भित्र परीक्षाको नतिजा प्रकाशित गर्न एन प्याब्सन लागि परेको छ ।’ एन प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राई भने– नगर को निर्देशन लाई सम्मान गर्दै रिजल्ट तयारीमा हामी जुट्ने छौ ।’

(Visited 169 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु