तत्काल परीक्षाको नतिजा प्रकाशित गर्न सकिदैन– प्याब्सन अध्यक्ष रुचाल


प्याब्सन मेचीनगर अध्यक्ष डम्वर रुचाल

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरका विद्यालयहरुलाई कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा यहि १८ गतेभित्र प्रकाशित गर्न निर्देशन गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आइतबार नगरका सबै विद्यालयहरुलाई १८ गतेभित्र कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन गरेको हो ।

तर १८ गतेभित्र कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा प्रकाशित गर्न नसकिने प्याब्सन मेचिनगरका अध्यक्ष डम्वर रुचालले बताएका छन् ।
सोमवार बिहान इमेचीसँगको कुराकानीमा प्याब्सन मेचिनगरका अध्यक्ष रुचालले नगरपालिकाले तोेकेको समयमा परीक्षाको नतिजा प्रकाशित गर्न गाह्रो हुने वताएका हुन् । विविध प्राबिधिक समस्याका कारण १८ गतेभित्र परीक्षाको नतिजा प्रकाशित गर्न गाह्रो हुने उनले वताए ।

‘शिक्षकहरु विद्यालय आउन समस्या छ ।’ उनले भने– लकडाउनका कारण शिक्षकहरु विद्यालय आउन समस्या छ । प्राप्तान्क संकलन गरि परीक्षाको नतिजा प्रकाशित गर्न समस्या हुन्छ ।’

‘लकडाउनका कारण केहि विद्यालयहरुको परीक्षा सकिएको छैन । एउटादेखि ४ वटा विषय सम्मको परीक्षा अझै केहि विद्यालयको बाँकी नै छ ।’ उनले नसकिएका परिक्षाहरु र सकिएका परिक्षा हरु दुबैलाइ समिक्षा गरि निरन्तर मुल्यांकन प्रक्रिया बाट रिजल्ट तयारी गरिने बताए । प्याब्सन मेचिनगरका अध्यक्ष रुचालले भने– नगर को निर्देशन लाई सम्मान गर्दै रिजल्ट तयारीमा हामी जुट्ने छौ ।’

उनले भने-‘यो समय तालिका र लक डाउन को अवधी आफैमा नमिलेको कारण कठिन छ,तर पनि स्कुलहरु जे जे सम्भावना छ गर्न सकिने गरि रिजल्ट तयार गर्न लागिरहेको अवस्था चाही हो ।’ सकभर नगरको निर्देशन अनुसार हामी पनि परीक्षाको नतिजा प्रकाशित लागि परेका छौँ ।’

(Visited 234 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु