मेची अभियानको सहयोग : पानीटंकीमा अलपत्र नेपालीलाई खाद्य सामग्री


मेचीनगर । लकडाउनका कारण भारतको पानीटंकीमा अलपत्र परेका नेपालीको लागी खाद्यन्न् सहयोग गरिएको छ । मेची अभियानले नेपाल प्रबेश गर्ने भारतिय नाका पानीटंकीमा अलपत्र परेका नेपालीको लागी खाद्यन्न सहयोग गरेको अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।


उलपत्र अवस्थामा रहेका पश्चिम नेपालका ८७ जना नेपाली दाजुभाइलाई मेची अभियानले खाद्य सामग्रीको सहयोग शुरु गरेको हो । उनिहरुलाई आइतवार खाद्य सामग्री उपलव्ध गराइएको हो ।

मेची अभियानले चामाल ३ सय केजी, खाने तेल १० लिटर, नुन १० केजी, दाल ३० केजी र मसाल २ केजी उपलव्ध गराएको अभियानका संयोजक विजय डालमियाले जानकारी दिए । उनिहरुलाई सुभम होटलमा वस्ने व्यवस्था मिलाइएको अभियानका संयोजक विजय डालमियाले वताए ।

(Visited 224 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु