इटाभट्टा र चारआलीमा नेविसंघले गर्यो विरोधसभा


इटाभट्टा । वर्तमान सरकारले मुलुक संकटमा परिरहेको बेला सत्ता र शक्तिको दुरुपयोग गर्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।

यसप्रति तीव्र असन्तुष्टि जनाउँदै नेवि संघ मेचीगरले शुक्रबार मेचीनगरको इटाभट्टा चोक र चारआलीमा मा सांकेतिक विरोध प्रदर्शन गरेको छ ।

वर्तमान अवस्थामा सरकारले विश्वमा महामारीका रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणलाई कसरी रोक्ने तथा लकडाउनको समयमा खान लाउन अप्ठेरो परिरहेका देशबासीहरुलाई कसरी सहज रुपमा राहत वितरण गर्ने भन्ने विषयमा ध्यान नदिई सत्ता र शक्तिको दुरुपयोग गरेर दलीय अध्यादेश पारित गराएको हुँदा नेवि संघले विरोध जनाएको नेवि संघ झापाका प्रबक्ता सन्जय निरौलाले बताएका छन् ।

नेवि संघ केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार देशका सबै जिल्ला र स्थानीय तहमा सामाजिक दुरी कायम गरेर विरोध तथा कोणसभाका कार्यक्रमहरु गरिएका छन् । मेचीनगरमा पनि शान्तिपूर्ण ढंगमा कार्यक्रम सम्पन्न गरिएको न्योपानेले बताए । इटाभट्टामा ५ जना र चारआलीमा पाच जना सहभागी भएर मैन विरोध गरिएको उनले वताए ।

विरोध कार्यक्रममा नेवि संघ जिल्ला सदस्य नविन खतिवडा, त्रिदेव नेवि संघ इकाई सभापति आइतहाङ चेम्जुङको उपस्थिति रहेको थियो ।

(Visited 262 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु