बौद्धमोड कृषि सहकारी हप्ताको दुईदिन खुल्ला


मेचीनगर । लक डाउनका कारण सेबाग्राही मर्कामा परेको भन्दै सहकारी लगायत वित्तिय सस्थाहरुले निश्चित समयमा कार्यालय खोल्न थालेका छन् । वित्तिय सस्थाहरुले सदस्यलाई आर्थिक समस्या नहोस् भनेर निश्चित समय भएपनि सेवा उपलब्ध गराउन थालेका हुन् ।
लकडाउनमा पनि बौद्धमोड कृषि सहकारी सस्था हाप्ताको २ दिन कार्यलय सञ्चालन गरिरहेको छ । मेचीनगर–२ बौद्धमोडमा रहेको बौद्धमोड कृषि सहकारी सस्था हप्ताको २ दिन कार्यालय खुल्ला रहेको हो ।

बौद्धमोड कृषि साकोसका व्यबस्थापक हेमन्त मोक्तान

प्रत्येक हप्ताको सोमवार र विहीवार कार्यालय खुल्ला रहेको बौद्धमोड कृषि साकोसका व्यबस्थापक हेमन्त मोक्तानले जानकारी दिए । बिहान ११ बजेदेखी १ बजेसम्मको समयमा कार्यलय खुल्ला रहने उनले बताए ।

सदस्यको आवश्यक्तालाई मध्यनजर गर्दे खाताबाट २० हजार सम्म रकम निकाल्न मिल्ने व्यवस्था गरिएको व्यबस्थापक मोक्तानले बताए । सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षलाई ख्याल गरि सेवा दिइएको व्यबस्थापक अधिकारीले बताए । कार्यालय खुल्ला भएको समयमा रेमिटान्स सेवा समेत उपलव्ध रहेको व्यबस्थापक मोक्तानले बताए ।

(Visited 109 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु