वडाध्यक्ष धिमाल र सदस्य मेचेले घर–घरमै पुर्याए सामाजिक सुरक्षा भत्ता


वडाका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दे मेचीनगर– ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल र सदस्य सन्तोष मेचे । तस्वीर प्रकाश पौडेल

इटाभट्टा । मेचीनगर वडा नम्वर ८ ले सरकारबाट दिइने मासिक भत्ता घर–घरमा पुर्याउन थालेको छ । लकडाउनका बेला सामाजिक सुरक्षा भत्ता पाउन योग्य वडा बासीलाई ८ नम्बर वडाका जनप्रतिनिधिले घर–घरमा पुर्याएका हुन् ।

मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमाल र वडा सदस्य सन्तोष मेचेले विहीवार वडाबासीको घर–घरमा सामाजिक सुरक्षा भत्ता पुर्याएका हुन् । विहीवार मात्र उनिहरुले एक सय जनाको घर–घरमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।

एकल महिला, लोपोन्मुख र लाई समेत अब घरमै भत्ता आइपुग्नेछ । आफ्नै घरमा भत्ता आएपछि वडाबासी पनि दङ्ग छन् । नोकरीमा रहेका छोरा छोरीले घर खर्च पठाउन लकडाउनका कारण असहज बनिरहेका बेला बृद्धबृद्धाले पनि राहत महसुस गरेका छन् ।

(Visited 572 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु