मेची अभियानले बनाएको स्यानिटाइजिङ मेसिन अस्पताल र प्रहरी कार्यालयमा जडान

टनेलको प्रयोग गर्दै झापाका प्रहरी प्रमुख कोइराला ।
मेचीनगर । विपदमा नागरिकको साथका लागि स्थापित मेची अभियानले तीनवटा स्यानिटाइजिङ मेसिन निर्माण गरेर मेची अस्पताल भद्रपुर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जडान गरिदिएको छ।
मेची अस्पतालमा केही दिन अघि उक्त मेसिन जडान गरिएको हो भने बुधबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय भद्रपुरमा जडान गरिएको छ।
ती सबै मेसिन विजुलीबाट सञ्चालन हुने किसिमका हुन्। अस्पताल तथा प्रहरी कार्यालयहरुमा पस्दा अनिवार्य रुपमा स्यानिटाइजिङ मेसिन भित्र पस्नुपर्छ। जहाँ स्प्रेबाट पुरै शरीरलाई नै केमिकलले स्यानिटाइजिङ गर्दछ।
उक्त मेसिन जडान भएपछि अस्पतालका कर्मचारी तथा अस्पतालमा आउने सेवाग्राहीको शरीर स्याटिइजिङ गर्न सहज भएको मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए। ती तीनवटै मेसिन एक लाख चालिस हजार रुपैयाँमा बनेको मेची अभियानका संयोजक विजय डालमियाले जानकारी दिए।
प्रतिकृया दिनुहोस्