समुदाय प्रहरी साझेदारी कार्यक्रम : टोल टोलमा समुदाय सुरक्षा समिति


बिर्तामोड । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत टोल तहमा समुदाय सुरक्षाका लागि समिति गठन भएको छ । लक डाउनलाई प्रभावकारी बनाउँदै समुदाय सुरक्षामा ध्यान दिन बिर्तामोड–१ मा समिति गठन गरिएको हो ।

बिर्तामोड–१ मा भएका ३५ वटा टोलबिकास संस्थालाई पाँचवटा इकाइमा बिभाजन गरी प्रतिइकाइ सातवटा टोल बिकास संस्थालाई एउटा ब्लक बनाएर कार्यक्रम सुरु गरिएको छ । वडाध्यक्ष एवम् नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेको अध्यक्षता र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा भएको छलफलपछि समुदाय सुरक्षाका लागि समिति बनाइएको हो ।

देवी पञ्चकन्या टोल बिकास संस्थामाबाट प्रगति, उन्नति, पञ्चकन्या, श्रीजङ्गा नचानु, दुर्गामन्दिर, कालिका नगर र संगम टोल बिकास संस्थाका २–२ जना प्रतिनिधि र वडा सुरक्षा समितिबाट १ जना गरी १५ सदस्यीय समिति निर्माण गरिएको छ । समितिको संयोजकमा थर्कमान भट्टराई छन् भने सह संयोजकमा केशब पोखरेल र सचिबमा चन्द्रदास खरेल रहेका छन् ।

सदस्यमा।मातृका ढकाल, नरजङ्ग घले, सञ्जिव भण्डारी, धनप्रसाद सिवाकोटी, इन्द्रनारायण श्रेष्ठ, बेधनिधि भट्टराई, टीका उप्रेती, मिलन पोखरेल, नीरा भट्टराई, कृष्ण आङ्गदाङ्गवे, सुफल राजवंशी र रमेश अधिकारी रहेका छन् । बुधवार नगरका सबै वडा र टोल विकास संस्थामा समिति निर्माण गरिसक्ने प्रवक्ता पाण्डेले बताए ।

(Visited 59 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु