‘अव नगरबासीको घर–घरमा खाद्यन्न र औषधी’


मेचीनगर नगरपालिकाको कार्यालय झापा

झापा । झापाको मेचीनगर नगरपालिकाले घर–घरमा खाद्यन्न र औषधीजन्य सामाग्री पुर्याउने भएको छ । लकडाउनका कारण समस्यामा परेका नगरबासीलाई सहजता प्रधान गर्नका लागि नगरपालिकाले घर–घरमा खाद्यन्न र औषधीजन्य सामाग्री लागेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
मेचिनगर नगरपालिकाले नगरभरि खाद्यन्न तथा औसधिजन्य बस्तुको घरमै सहज पहुचको निमित्त आबश्यक समन्वयका लागि सबै वडामा वडासदस्य मध्येबाट एक÷एक जना फोकल पर्सन तोकेको सचिवालयले जनाएको छ ।
नगरपालिकाले तोकेको व्यात्तिलाई जानकारी गराएमा नगरवासीको घरमै आवश्यक सामाग्री उपलव्ध हुने सचिवालयले जनाएको छ ।
यस्तो अवस्थामा अति विपन्न परीवारमा कहि कतै राहत पुग्न नसकी खाद्यन्न अभावका कारण खान नपाई रहेको अवस्था भए आपतकालिन राहत उपलब्ध गराउन र औषधि सेवन गरिरहेका विरामीहरुको अत्यावश्यक औषधि अभाव भएमा औैषधिको व्यवस्थापनका लागि नगरपालिकाले आफ्ना १५ वटै वडामा प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।


उनका अनुसार सामाजिक विकास शाखा प्रमुख अनन्तप्रकाश वस्ती र आर्थिक विकाश शाखा प्रमुख दीपेन्द्र कार्कीलाई नगरपालिकाकातर्फबाट औषधि तथा खाद्यन्नका बारेमा सहजीकरण गर्ने गरी नगरपालिकाले फोकल पर्सनकोे जिम्मेवारी प्रदान गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन । उपप्रमुख उप्रेतीका अनुसार नगरपालिकाले वडानम्बर १ मा रामकुमारर राईलाई खाद्यन्न तथा डिकेन्द्र थापालाई औषधिको व्यवस्थापनका लागि फोकल पर्सनको जिम्मेवारी प्रदान गरेको छ । यसैगरी गरी वडा नम्बर २ मा वेनुपकुमार राई र सविना घिमिरेले फोकल पर्सनको जिम्मेवारी पाएका छन् । राईले खाद्यन्न तथा घिमिरेले औषधिको व्यवस्थापन गर्ने छन् ।
वडानम्बर ३ मा औषधितर्फ छोटबहादुर राई र खाद्यन्नतर्फ रीता थापा, वडानम्बर ४ मा प्रल्हाद दाहाल खाद्यन्न, विनोद रंजितकार औषधि, ५ मा नारायण खड्का खाद्यन्न दुुर्गा देवकोटा औषधि, ६ मा राजकुमार श्रेष्ठ खाद्यन्न साविधा ल्वागुन औषधि, ७ मा नेत्र दाहाल खाद्यन्न र धनकुमारी न्यौपाने औषधिको व्यवस्थापन गर्ने नगरपालिकाले फोकल पर्सनको जिम्मेवारी प्रदान गरेको छ ।
वडानम्बर ८ मा सन्तोष भेचे खाद्यन्न, चन्द्रा अधिकारी औेषधि, ९ मा इन्द्र प्रधान औषधि मिना परियार खाद्यन्न, १० मा इन्द्र आङदेम्बे औेषधि यज्ञनिधि न्यौपानेलार्ई खाद्यन्नको लागि फोकल पर्सन तोकिएकोे छ ।
वडानम्बर ११ मा सुनिल राजबंशी औषधि शरदविक्रम खरेल खाद्यन्न, १२ मा लीला सुब्बा औषधि कृष्णमाया वराइली खाद्यन्न, १३ मा ऋषि राजवंशी खाद्यन्न यमकान्त प्याकुरेल औषधि, १४ मा खाद्यन्नतर्फ सुरेश बुडाथोेकी र औषधितर्फ अमृत कार्की तथा वडानम्बर १५ मा विखलाल राजवंशी खाद्यन्न र कुसुम चौधरीलाई औषधितर्फकोे व्यवस्थापनका लागि वडागतरुपमा फोकल पर्सन तोकिएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

(Visited 202 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु