बिर्तामोडका सरकारी शिक्षक र कर्मचारीले तीन दिनको तलव अनिवार्य दिनुपर्ने


बिर्तामोड ।  बिर्तामोडको सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले तीन दिनको तलव कोरोना राहत कोषमा जम्मा गर्नुपर्ने भएको छ । बिर्तामोड नगरपालिका कोरोना सङ्क्रमण तथा राहत व्यवस्थापन सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।

नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले आइतवार बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको बताए । ‘बैठकले नगर क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, कर्मचारी र बालविकास कार्यकर्तालाई तीन दिनको पारिश्रमिक कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेको छ’, नगर प्रमुख सिवाकोटीले भने ।

सचिवालयको बैठकको निर्णयपछि नगर प्रमुख सिवाकोटीले सोमवार नगरपालिकाको शिक्षा शाखालाई पत्र लेख्दै निर्णय कार्यान्वयन गर्न गराउन निर्देशन दिएका छन् । राहत कोषमा जम्मा भएको रकम परिचालन गरी नगरपालिकाले लक डाउनका कारण छाक टार्न समस्या परिरहेका विपन्न नागरिकलाई राहत बाँड्दै आएको छ ।

(Visited 14 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु