बिर्तामोड अब विहान ८ देखि ११ सम्म खुल्ला रहने

बिर्तामोड । खाद्यान्नका पसल खोल्ने पूर्ववत् निर्णयबाट बिर्तामोड नगरपालिका पछाडि सरेको छ । यसअघिको निर्णय परिवर्तन गर्दै नगरपालिकाले विहानको समय तोकेको हो । लक डाउन उलङ्घन बढेकाले अत्यावश्यक सामग्री खरिदका लागि तोकिएको समय हेरफेर गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले खाद्य तथा अत्यावश्यकीय सामग्री खरिद विक्रीका लागि बजार खुल्ने समय परिवर्तन गरिएको बताए । उनका अनुसार विर्तामोड नगरपालिकाको आइतबार सम्पन्न बैठकले विहान ८ बजेदेखि ११ बजेसम्म खाद्य पसल खुल्ने र किनमेल गर्न सकिने समय तोकेको छ ।
यसअघि १२ देखि ३ बजेसम्म खाद्य तथा अत्यावश्यकीय सामग्री खरिद विक्रीका लागि समय तोकिएको थियो । तोकिएको समयमा लक डाउन उलङ्घन तीव्र भएपछि नगरपालिकाले आफ्नो निर्णय फेरेको हो । लक डाउन उलङ्घन गर्नेलाई प्रहरीले सडकमा दुई घण्टा उभ्याएर सचेतना कक्षा चलाइरहेको छ ।
प्रतिकृया दिनुहोस्