त्रसित नहुन मुख्यमन्त्रीको प्रदेशबासीमा अपील


मेचीनगर ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस ९कोभिड—१९० विरुद्ध लड्न प्रदेश १ सरकारले सबैखालका तयारी पूरा गरिसकेको र प्रदेशका सबै जिल्लाका स्थानीय तहमा आवश्यक स्वास्थ्य सामाग्री पुर्याइएकाले त्रसित नभई बस्न प्रदेशवासीमा अपील गरेका छन् ।
आइतवार मुख्यमन्त्री राईले प्रदेशवासीका नाममा एक सन्देश प्रकाशन गरि सो अपील गरेका हुन् । उनले प्रकाशन गरेको सन्देशमा भनिएको छ–‘कोरोना भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज २७ दिन भएको छ । यति लामो अबधिसम्म तपाईहरुले कायम गरिरहनु भएको धैर्यतालाई हार्दिक सम्मान व्यक्त गर्दै बाँकी दिनहरुमा पनि यस्तै धैर्यताको अपेक्षा गर्दछु ।’
प्रदेश नम्बर १ को उदयपुरमा १३ जनामा कोरोनाको संक्रमण देखा परेको बताउदै उनले उनिहरुको प्रदेश सरकारले तयार गरेको कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा राखेर उपचार भईरहेको बताएका छन् । उनले १३ मध्ये ११ भारतीय र २ नेपाली नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनिहरु चाँडै निको भएर घर फर्कने विश्वास पनि व्यक्त गरेका छन् ।
उनले उदयपुरमा कन्ट्याक ट्रेसिङ्गको काम भईरहेको जनाएका छन् । उनले सो क्षेत्रमा हिजोमात्र प्रदेशबाट ६९ जनाको स्वाव संकलन गरिएको छ । यसका अतिरिक्त सिसिएमसी मार्फत नेपाली सेनाको हेलिलकप्टर प्रयोग गरेर आज थप नमूना संकलन गरिएको जनाएका छन् ।
यस्तो छ, उनले प्रदेशवासीलाई दिएको सन्देशको पूर्णपाठः

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, नमस्कार
हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९)  विरुद्धको संघर्षमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज २७ दिन भएको छ । यति लामो अबधिसम्म तपाईहरुले कायम गरिरहनु भएको धैर्यतालाई हार्दिक सम्मान व्यक्त गर्दै बाँकी दिनहरुमा पनि यस्तै धैर्यताको अपेक्षा गर्दछु ।
अहिले हाम्रो प्रदेशबाटै पोलिमरेज चेन रियाक्सन एऋच् प्रविधिबाट दुई ठाउँ द्यएप्क्ष्ज्क् र कोशी अस्पतालबाट कोरोना परीक्षण भइरहेको छ ।
आजसम्म ३ सय ८७ जनाको परीक्षण भइसकेको छ । त्यस्तै द्रुत परीक्षण विधि र्यापिट डाइग्नोष्टिक टेस्ट च्म्त्बाट पनि द्रुत गतिमा परीक्षण भइरहेको यहाँहरुलाई जानकारी गराउँदछु ।
आरडिटी प्रविधिबाट अहिलेसम्म हाम्रो प्रदेशमा दुई हजार ८१ जनाको परीक्षण गरिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सबै ठाउँ पठाइएको छ । यसरी हामी अहोरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं । तपाईहरुको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने कुरा म पुनः दोहोर्याउन चाहन्छु ।
हालसम्म ५३ स्थानमा ४ सय ४९ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियु तयार भएको छ । २ सय ५३ ठाउँमा ४ हजार ४ सय ४९ वटा क्यारेन्टाईन बेड बनेका छन् । यी बनेका क्वारेन्टाईनमा ६ सय ७६ जनालाई राखिएको छ । हाम्रो प्रदेशमा होम क्वारेन्टाईनमा ३ हजार १ सय ११ जना बस्नु भएको छ ।
दाजुभाई तथा दिदीबहिनिहरु
हाम्रो प्रदेशमा १३ जनामा कोरोनाको संक्रमण देखा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भूल्के स्थित मस्जिदमा रहनु भएकाहरुको परीक्षण गर्ने क्रममा कोरोना संक्रमण देखा परेको हो ।
११ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण देखा परेको छ । उहाँहरुलाई अहिले उपचारको लागि प्रदेश सरकारले तयार गरेको कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा राखिएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरु चाँडै निको भएर घर फर्कने विश्वास सहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
अहिले हामी कन्ट्याक ट्रेसिङ्ग गरिरहेका छौं । यो क्षेत्रमा हिजोमात्र प्रदेशबाट ६९ जनाको स्वाव संकलन गरिएको छ । यसका अतिरिक्त सिसिएमसी मार्फत नेपाली सेनाको हेलिलकप्टर प्रयोग गरेर आज थप नमूना संकलन गरिएको छ । त्यसैले तपाईहरु त्रसित नहुन मेरो हार्दिक अपील छ ।
हामीले उच्च सर्तकता अपनाइरहेको अवस्थामा प्रदेशमा यसरी कोरोना संक्रमितहरु देखा परेसँगै हामीले थप सजगता र सावधानी अपाउनुपर्नेछ । त्यसैले तपाईहरुले लकडाउनको पूर्ण पालना गर्दै आफू, आफ्नो परिवार, समुदायमा सहयोग पुर्याउनुहुनेछ ।
म दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईहरु धैर्य, संयम र उच्च मनोबलका साथ घरमै बसिदिनुहोस् । तपाईहरुको यही सहयोगको सरकारले अपेक्षा गरेको छ । तपाई हामी एकताबद्ध भएको खण्डमा हामीहरु कोरोनालाई जित्न सफल हुनेछौं । तपाईहरु ढुक्क हुनुहोस्, हामी तपाईहरुकै साथमा छौं । धन्यवाद ।
शेरधन राई, मुख्यमन्त्री

(Visited 26 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु