डालमियाले कड्किदै भने : के कोरोन त्यो बेलामा लन्च गर्न जान्छ ?


मेचीनगर । कोरोना संक्रमणको नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गएको चैत ११ देखि लगाएको लकडाउनमा प्रत्यक्ष रुपमा नागरिकले महशुष हुने गरि सेवा पाएनन् र स्थानिय सरकारले नतिजा आउने गरि काम नगरेको भन्दै झापाका एक सामाजिक अगुवा र ब्यवसायीले मेचीनगरका नगरप्रमुखलाई सामाजिक सञ्जाल मार्फत खुल्ला पत्र लेख्न पुगे ।

उनी अर्थात बिजय डालमिया, झापा मेचीनगरका परिचित ब्यबसायी, नेपाली काँग्रेसका स्थानिय युवा नेता र सामाजिक अगुवा समेत हुन् ।

आफ्नो फेसबुक मार्फत मेचीनगरका जनप्रतिनिधीले स्थानिय नगरवासीमा पुर्याउन सकिने स्वास्थ्य सुरक्षाको कार्यक्रम र अत्याबाश्यकीय सामाग्री पु¥याउन नसकेको उनले आरोप मात्रै लगाएनन् यदि स्थानिय सरकारले नसके जनता आफैले अग्रसर भएर पनि काम गर्न सक्ने उनले उल्लेख गरेकाछन् । उनी स्वयम् मेचीनगरको बिपद ब्यबस्थापन समितिका सदस्य हुन् आखिर किन उनले मेचीनगरका नगरप्रमुख बिमल आचार्यलाई खुल्ला पत्र लेखे त ?
डालमियासँग मेचीनगरवाट सञ्चालित चौतारी पोष्ट अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

(Visited 191 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु