पत्रकार खग्रेन्द्र टिमले मेचीनगर–१ लाई दियो ३३ प्याक मन्सुली चामल


मेचीनगर । लक डाउन यता सडकदेखि गाउँस्तरसम्म राहत वितरणमा सक्रिय झापाका सामाजिक अभियन्ताले वडालाई राहत साम्रगी दिएका छन् । डक डाउनको समय कोही भोक भोकै मर्नु नपरोस् भन्ने उद्देश्यले सुरु गरिएको अभियान अन्र्तगत शनिवार मेचीनगर नगरपालिका वडा नम्वर–१ लाई राहत सामग्री प्रदान गरिएको हो ।

अभियानका अभियन्ता पत्रकार खगेन्द्र घिमिरे, सचिन न्यौपाने र नरेश मोहरामार्फत वडालाई चामल उपलब्ध गराइएको छ । नगर र वडाबाट पहिलो चरणको राहत वितरण सकिएपछि गाउँ क्षेत्रमा रहेका विपन्न नागरिकमा थप राहतको खाँचो छ । यसैलाई मध्यननजर राखेर वडा नम्वर– १ बाट यो बितरण अभियान सुरु गरिएको हो ।

वडाध्यक्ष पासाङ तामाङ्गलाई अभियन्ताले ३० किलोको दरले ३३ प्याक मन्सुली चामल हस्तान्तरण गरेका छन् । वडाध्यक्ष तामाङ्गले सो खाद्यान्न गरिब दुःखीको घरसम्म पुर्याउने बताए । अभियानमा स्वदेश तथा बिदेशका सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन् । यसअघि जिल्ला कारागार र गाउँ क्षेत्रमा पुगेर राहत तथा आवश्यक सामग्री वितरण गरिएको अभियन्ता घिमिरेले बताए ।

(Visited 42 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु