पाल्पाको अस्पतालवाट बच्चा चोर्ने विमकलाको फिल्मको जस्तै लाग्ने जिवन कथा, यसकारण चोरीन् बच्चा


स्याङ्जा गल्याङ्ग नगरपालिका ५ डुम्रीचौर स्थायी घर भएकी ४५ वर्षकी विमकला पाण्डे एक दशक अघिदेखि कालीगण्डकी ए परियोजनाको ड्याम साईडको क्वाटरमा दैनिक ज्यालादारीमा सरसफाई गर्ने कर्मचारीका रुपमा कार्यरत थिइन् ।

उनी त्यही क्वाटरमा बस्दै आएकी थिईन् । उनले एक वर्ष अघि दाङ्गका एक युवकसँग (दोस्रो) प्रेम विवाह गरिन् ।

तर ती युवक अहिले विदेशमा छन् । विमकलाका पहिलो पतिको केही वर्ष अघि मृ**त्यु भएको थियो । पहिलो श्रीमान् तर्फका दुई छोरीहरु ठूलै भई सकेका छन् । उनले पछिल्लो समय सामजिक सञ्जालको माध्यमबाट सम्पर्क बढेपछि प्रेम विवाह गरेकी थिईन् ।

कालीगण्डकी ए परियोजनाको ड्याम साईडबाट पक्राउ परेकी विमकला पाण्डे ।

बिमकलाले झण्डै ८–९ महिना अघिदेखि आफू गर्भवती भएको बताएकी थिइन् । उनका छिमेकीहरुले पनि उनी गर्भवती भएको विश्वास गरेका थिए किनकि छिमेकीहरुले उनको पेट बढेको देखेका थिए । सम्भवतः उनले पेटमा कपडा राखेर पेट बढाएकी थिइन् । उनले विदेश गएका श्रीमानलाई पनि आफू गर्भवती भएको बताएकी थिइन् ।

उनले सबैलाई आफू गर्भवती भएको भने पनि उनी वास्तवमा गर्भवती भने थिइनन् । सम्भवतः उनले दोस्रो बिहे गरेका श्रीमानले आफूलाई नछोडुन् र छोडीहाले पनि उनको सम्पत्तिको हकदार आफूसँग भएपछि सम्पत्ति हात पार्न सकुँ भन्ने उद्देश्यले आफू गर्भवती भएको बताएको अनुमान गरिएको छ । बिमकला गर्भवती हुन चाहेको तर नसकेकोले गर्भवती भएको नाटक गरेको हुनसक्ने पनि अनुमान छ ।

गर्भवती भएको हल्ला चलाएकी बिमकलाको यो हल्ला अब चल्नेवाला थिएन । उनले चलाएको हल्लाअनुसार बच्चा जन्मिने बेला भइसकेको थियो तर उनी गर्भवती नै थिइनन् । त्यसैले आफू गर्भवती भएको र बच्चा जन्माएको प्रमाणित गर्न उनी बच्चाको खोजीमा आएकी थिइन् । उनी ४–५ दिनदेखि अस्पतालको सुत्केरी वार्डमा बसिरहेको त्यहाँ भएका बिरामी र कुरुवाहरुले बताएअनुसार उनी त्यहाँ बच्चा चोर्ने नियतले नै आएकी थिइन् । उनले बच्चा चोर्ने उचित मौका नपाउँदासम्म दाउ हेर्दै झण्डै ४ दिन बसिन् । जब मौका पाइन्, उनी बच्चा लिएर फरार भइन् ।

यसरी चोरीयो बच्चा

सुत्केरी बेथा लागेर अस्पताल पुगेकी तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाले शुक्रबार बिहान ११ बजे लुम्बिनी मेडिकल कलेज प्रवासमा छोरालाई जन्म दिएकी थिईन् ।

सुत्केरी रानासँगै उनकी आमा र श्रीमान् समेत साथमा रहेका थिए । सुत्केरी जमुना अर्धचेत अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्याण्टीनमा गएकी थिइन् ।

सिसिटिभी फुटेजमा बच्चा चोरेर भाग्दै गरेकी महिला ।

उनीसँगै एकजना अपरिचित महिला पनि सँगै गइन् । सँगै गएकी ती अपरिचित महिलाले सघाउन भन्दै शिशु समातेको र आफूले ज्वानोको झोल लिएर छोरी समक्ष पुग्दा ती महिला नआएको सुत्केरी जमुनाकी आमाले बताइन् ।

लामो समय सम्म पनि शिशु लिएर नआएपछि खोजी गरिएको सुत्केरीकी आमाले बताईन् । सुत्केरी जमुना, श्रीमान र आमा सीधा स्वाभावका कारण चार दिनदेखि बच्चाको खोजीमा अस्पताल आएकी विमकला पाण्डेले उनीहरुको सीधापन र अस्पतालका कर्मचारीहरुको चरम लापरवाहीको फाईदा उठाउदै बच्चा चोरेकी थिईन् ।

विमकलाले चोरेको बच्चाको तस्विर ।

अस्पतालको नजिकै रहेको प्रहरी चौकी अगाडिबाट पोखराको बसमा उनी स्याङ्जाको जीरोका लागि ३ः३० बजे त्यहाँबाट हिडेको स्रोतले जनाएको छ ।

विमकला ५ः३० बजे राम्दी हुँदै गल्याङ्गको जीरोमा पुगेकी थिईन् । जीरोमा उनले जीप फेला पारिन र राती ७ः१५ बजे र्मिमीको एनईइको (विद्युत् प्राधिकरण) क्याम्पमा रहेको कर्मचारी क्वाटरमा पुगेकी थिईन् ।

सिसिटिभी फुटेचमा हेर्नुहोस बच्चा चोरेर भाग्दै गरेकी महिला ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु