स्रोतसाधनबिनै सीमा क्षेत्रमा खडा गरिएका क्याम्पमा प्रहरीनै असुरक्षित (फोटोफिचर)


४ बैशाख झापा (मेचीनगर) : सीमावर्ती भारतको पश्चिम बंगाल राज्यमा कोरोनाको संक्रमण फैलिँदै गएछि सिमामा सरक्षा सचर्कता बढाइएका छ । भारतसँगको सिमा अहिले सिल गरिएको छ । सरकारले लकडाउनको अवधि बढाएसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भारतीय सीमा क्षेत्र सिल गर्न थप चेकप्वाइन्ट स्थापना गर्नुका साथै सुरक्षाकर्मीको संख्या बढाएका छन् । तर थपिएको चेकप्वाइन्टको अवस्था पिडादायक छ ।

सीमा क्षेत्रको नाकाको अवस्था अवलोकन गर्न पुगेका मेचीनगरका मेयर बिमल आचार्य (रातो चेक सर्ट लगाउने), विपद् व्यवस्थापन समितिका संयोजक टीका मंग्रान्ती (निलो हाफ ज्याकेट लगाउने) लगायतका अन्य व्यक्तिहरु ।

वुधवार र विहीवार मेचीनगर नगरपलिका प्रमुख विमल आचार्य उपप्रमुख मीना उप्रेती विपद् व्यवस्थापन समिति संयोजक टिका मंग्राती, मेची अभियानका संयोजक विजय डालमिया, रापप्रा मेचीनगरका अध्यक्ष सुशिल आचार्य स्थानिय प्रहरी प्रशासन पत्रकारको टोलीले पूवी नाकाको अनुगमन गरेको थियो ।

टोलीले इलामको सीमावर्ती क्षेत्र तिरिडदेखि मेचीनगरको मेची पुलसम्मको सिमानाको अवलोकन गरेको हो । तिरिडदेखि मेचीनगरको मेची पुलसम्मको प्रत्येक १ किलोमिटरमा चेकप्वाइन्ट स्थापना गरिएको छ । भीरदेखि हात्ती धपाउने मचानसम्म सुरक्षा पोस्ट राखिएको छ । तर स्रोतसाधनबिनै खडा गरिएका क्याम्पमा प्रहरी आफैं असुरक्षित देखिन्छन् ।

सिमा क्षेत्रको अवस्था के छ भनेर निरिक्षण गर्न पुगेका इमेची डटकमका प्रधान सम्पादक प्रकाश पौडेल ।

भारतबाट आवागमन रोक्न मेचीनगर क्षेत्रमा रहेका चेकप्वाइन्ट सुरक्षित छैनन् । खोलाको वगरमा त्रिपाल टागेर बसेका सुरक्षकर्मीलाई नै सुरक्षित गर्न सकिएको छैन । स्थानिय सरकार स्रोत साधन नभएको भन्दै पन्छन खोज्छ । नगर प्रमुख बिमल आचार्य भन्छन्– ‘केन्द्र सरकारले पनि यो शिर्षकमा बजेट नपठाएको र नगर सरकारसँग पनि बजेट नभएका कारण चेकप्वाइन्टलाई सुरक्षित वनाउन नसकिएको हो । स्थानिय स्रोत साधन प्रयोग गरि चेकप्वाइन्ट तयार पारिएको छ ।’

मेचीगर विपद् व्यवस्थापन समिति टिका मंग्रातीले मेचीनगर क्षेत्रमा सिमा सुरक्षमा खटिएका सुरक्षाकर्मीलाई खानेपानी र खाजाको व्यवस्थापन गरिने वताए । मंग्रातीले भने–एक दुई दिन समस्या देखिएकै हो । नाकामा निगरानि गर्न खटिएका प्रहरीको सुरक्षित व्यवस्थापन गर्न हरपल लागिपरेका छौँ ।’

जस्तापाताले घेरेर अस्थाइ रुपमा बनाइएको क्याम्प ।

मेची अभियानका संयोजक बिजय डालमियाले नाकामा खटिएका सुरक्षाकर्मीको व्यवस्थापनमा सरकार गम्भिर वन्नुपर्ने वताए । ‘यो क्षेत्र सम्वेदनशिल छ । नाका सुरक्षित भएमात्र हामी सुरक्षित हुन सक्छौ ।’

इलामको सीमावर्ती क्षेत्र तिरिडदेखि गौरीगन्जसम्मको एक सय ४४ किलोमिटर क्षेत्रमा पोस्ट राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार भीरदेखि हात्ती धपाउने मचानसम्म सुरक्षा पोस्ट राखिएको छ ।

थप तस्विरहरु

 

 

मेची अभियानका संयोजक बिजय डालमिया (पहेलो टीसर्ट लगाएर फोनमा कुरा गर्ने ) लगायत अन्य व्यक्तिहरु ।

(Visited 87 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु