न्यू कञ्चन कृषि सहकारी हप्तामा ३ दिन खुल्ला हुने


मेचीनगर । लक डाउनका कारण सेबाग्राही मर्कामा परेको भन्दै सहकारी लगायत वित्तिय सस्थाहरुले निश्चित समयमा कार्यालय खोल्न थालेका छन् । वित्तिय सस्थाहरुले सदस्यलाई आर्थिक समस्या नहोस् भनेर निश्चित समय भएपनि सेवा उपलब्ध गराउन थालेका हुन् ।
लकडाउनमा पनि सदस्यलाई सेवा दिन बुद्धशान्ति–३ मा रहेको न्यु कन्चन कृषि सहकारी संस्थाले हप्ताको ३ दिन कार्यलय सञ्चालन गर्ने भएको छ ।

बुधबार बसेको संचालक समितिको बैठकले प्रत्येक हप्ताको आईतवार, मंगलवार र बिहिवार कार्यालय खुल्ला रहने सहकारीका अध्यक्ष ईश्वरीराज ढकालले बताएका छन् ।

व्यबस्थापक तिम्सिना

बिहान १० वजेदेखी १२ वजेसम्म दुई घण्टा कार्यालय खुल्ला गर्ने निणर्य भएको सस्थाका व्यवस्थापक तिर्थ तिम्सिनाले जानकारी दिए ।
सदस्यको आवश्यक्तालाई मध्यनजर गर्दे खाताबाट १५ हजार सम्म रकम निकाल्न मिल्ने व्यवस्था गरिएको व्यबस्थापक तिम्सिनाले बताए । सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षलाई ख्याल गरि सेवा दिइने व्यबस्थापक तिम्सिनाले बताए । संस्थाका सदस्यले अत्यावश्यक परेमा संस्थाबाट बचत तथा निछेप फिर्ता गर्न सकिने अध्यक्ष ढकालको भनाई छ ।

व्यबस्थापक तिम्सिनाले घरमै बसेर पनि सदस्यलाई सेवा दिइरहेका छन् । उनले ईन्टरनेट मोबाइल बैंकिङको माध्यम बाट सदस्यको मोवाइल रिचार्ज, इन्टरनेट, डिसहोमको रिचार्ज समेत गर्ने गरेका छन् ।

(Visited 58 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु