तारापुञ्ज साकोस हप्तामा ३ दिन खुल्ला


मेचीनगर । लक डाउनका कारण सेबाग्राही मर्कामा परेको भन्दै सहकारी लगायत वित्तिय सस्थाहरुले निश्चित समयमा कार्यालय खोल्न थालेका छन् । वित्तिय सस्थाहरुले सदस्यलाई आर्थिक समस्या नहोस् भनेर निश्चित समय भएपनि सेवा उपलब्ध गराउन थालेका हुन् ।

लकडाउनमा पनि तारापुञ्ज बचत तथा ऋण सहकारी सस्थाले हाप्ताको ३ दिन कार्यलय सञ्चालन गरिरहेको छ । मेचीनगर–१३ चारआलीमा तारापुञ्ज बचत तथा ऋण सहकारी सस्था लक डाउनको सुरुकै अवस्थावाट नै हप्ताको ३ दिन कार्यालय खुल्ला छ ।

प्रत्येक हप्ताको वुधवार बिहीवार र शुक्रवार कार्यालय खुल्ला रहेको तारापुञ्ज साकोसका व्यबस्थापक मोहन अधिकारीले जानकारी दिए । बिहान ११ बजेदेखी १ बजेसम्मको समयमा कार्यलय खुल्ला रहने उनले बताए । सदस्यको आवश्यक्तालाई मध्यनजर गर्दे खाताबाट १० हजार सम्म रकम निकाल्न मिल्ने व्यवस्था गरिएको व्यबस्थापक अधिकारीले बताए । सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षलाई ख्याल गरि सेवा दिइएको व्यबस्थापक अधिकारीले बताए । कार्यालय खुल्ला भएको समयमा रेमिटान्स सेवा समेत उपलव्ध रहेको व्यबस्थापक अधिकारीले बताए ।

तारापुञ्ज साकोसका व्यबस्थापक मोहन अधिकारी

व्यबस्थापक अधिकारीले घरमै बसेर पनि सदस्यलाई सेवा दिइरहेका छन् । कार्यालय खुल्ला रहने वुधवार बिहीवार र शुक्रवारवाहेका दिनमा पनि सदस्यले आर्थिक कारोवार गर्ने गरि उनले घरवाटै सेवा दिइरहेका हुन् । उनले सस्थाका सदस्यको मोवाइल, इन्टरनेट, डिसहोमको रिचार्ज समेत गर्नेगरेका छन् । तर सदस्यको खातामा रकम भने हुनुपर्छ । व्यबस्थापक अधिकारीले सदस्यहरु सकभार घरवाट बाहिर जान नपरोस भनेर आफुले सक्ने सहयोग गरेको बताए । उलने भने– ‘सस्थाले सञ्चालन गरेको एम्बुलेन्सका पनि सस्थाका सदस्यका लागि निर्धारित भाडामा १० प्रतिशत छुट दिइएको छ ।’

(Visited 78 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु