डोल्पाको काशिल खोलामा एक्कासी आएको बाढीले १० जनालाई बेपत्ता पार्‍यो


डोल्पा । डोल्पाको काशिल खोलामा आएको बाढीमा परी एकको निधन भएको छ भने १० जना अझै बेपत्ता छन्।

मुड्केचुला गाउँपालिकामा पर्ने काशिल खोलामा बाढी आउँदा १० जना बेपत्ता भएका हुन् ।

१० मध्ये १ जनाको शव भेटिएको छ। भेटिएको शव ४३ वर्षीय धनराज बोहोराको भएको पुष्टी भएको छ । खोलामा आएको बाढीले ३ घर बगाउनुका साथै १० पानी घट्ट समेत बगाएको छ ।

नेपालको नक्साभित्र डोल्पा जिल्लाको नक्सा रातो घेराभित्र ।

यस्तै बाढीले बिद्युत् गृह समेत बगाएको छ । अहिले शसस्त्र प्रहरी उद्दारका लागि जाँदै छ ।

बाढिले बगाएर दुई दर्जनभन्दा बढी मानिस हराएको हुन सक्ने स्थानीयको अनुमान छ ।

जिल्ला सदरमुकाम दुनैबाट नेपाल प्रहरी शसस्त्र प्रहरी पनि पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

र यो पनि पढ्नुहोस्

इलाममा परीक्षा दिएर फर्किएका तीन छात्रा माइ खोलामा बेपत्ता

इलाम। इलाममा परीक्षा दिएर फर्किदै गरेका तीन विद्यार्थी माइ खोलामा बेपत्ता भएका छन्। माई नगरपालिका ६ भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खोला तर्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।

बेपत्ता हुने विद्यार्थीमा कक्षा ९, ८ र ६ पढ्ने माइ नगरपालिका १ ज्वालेका निशा सुनार, आकृति आङ्देम्बे र सुनिता साउदने दिउँसो २ बजे बेपत्ता भएको शिक्षक गोपाल घिमिरेले जानकारी दिए।

उनीहरुसँगै घर फर्किर्दै गरेका अन्य दुई विद्यार्थी भने खोला तर्न सफल भएका छन्। विद्यार्थी बेपत्ता भए लगत्तै दानावारी, चिसापानी र पेल्टीमारी युनिटका प्रहरी खोजीकार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए।

(Visited 27 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु