मेचीनगर–८ मा विदेशवाट १७ जनाको स्वास्थ्य जाँच, अवस्था सामान्य


मेचीनगर । झापाको मेचीनगर–८ मा होम क्वारेन्टाइन रहेकालार्य आइतवार थर्मल गनबाट चेकजाँच गरिएको छ ।
मेचीनगर–८ का १७ जनलाई चेकजाँच गरिएको हो । उनिहरुको चेकजाँच गरिएपछि स्वास्थ्य अवस्था सन्तोषजनक रहेको पाइएको छ ।

विदेश तथा भारतका विभिन्न शहर नेपाल आएका १७ जनालाई १४ दिनको होम क्वारेन्टाइनमा वसेपछि आइतवार थर्मल गनबाट चेकजाँच गरिएको मेचीनगर–८ का वडा सदस्य सन्तोष मेचेले इमेचीलाई जानकारी दिए ।काँकरभिट्टा स्वास्थ्य चौकीबाट तलवहादुर खड्काको नेतृत्वमा आएको टोलीले सवैको घरमै पुगेर चेकअफ गरेको वडा सदस्य मेचेले इमेचीलाई जानकारी दिए ।


यस अघिनै मेचीनगर–बिदेशबाट आएका सदस्यहरुको घर पहिचान गरि रातो रंगले चिन्ह लगाउने काम भएको थियो ।
यसरी पहिचान गराउँदा त्यस्ता ब्यक्तिलाई घर भित्र पनि परिवारसंग घुलमिल नभई अलग्गै कोठमा बस्न आग्रह गरिएको र केही समस्या आए तत्काल वडा कार्यालय वा जनप्रतिनिधिहरुलाई खबर गर्न आग्रह गरिएको थियो । जसवाट मेचीनगर–८ मा जनता थप सचेत वनेका वडा सदस्य मेचेले बताए ।

(Visited 65 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु