धुलावारी वजार वाईपास सडक श्री कृष्ण प्रणामी मार्ग सिल


मेचीनगर । श्री कृष्ण प्रणामी टोल बिकास सस्थाले लकडाउनमा सचेतना अपनाएको छ । धुलावारी बजारको वाईपास रोडको रुपमा प्रयोग हुदै आएको श्री कृष्ण प्रणामी मार्गलाई लकडाउन अवधीका लागि सिल गरिएको छ ।

अत्याधिक रुपमा वाइकलगायत सवारी साधनले यो मार्ग प्रयोग गर्न थालेपछि टोल विकास सस्था मेची उद्योग वाणिज्य संघ र समर्पण अभियानका प्रतिनिधिको उपस्थितिमा मार्गलाई लकडाउन अवधिका लागि सिल गरिएको हो ।


शनिवार बेलुकाबाट मार्गलाई पुर्ण रुपमा सिल गरिएको स्थनियवासी एवम् समर्पण अभियानका संयोजक प्रकाश खड्काले जानकारी दिए । लक डाउन अवधिभर टोलको निगरानिका लागि नितुन ढकालको संयोवकत्वमा ११ सदस्य यूवा समिति पनि गठन गरिएको उनले बताए ।
हामी कोरोना भाइरसको अत्याधिक जोखिममा रहेको हुदाँ सकभर घर भित्रवाट ननिस्कन खड्काले आग्रह गरे । उनले भने– बाहिर निस्कनै परे सामाजिक दुरी कायम गर्दे सचेतना उपनाउन समेत आह्वान गरेका छन् ।

तरवीर : गोविन्द घिमिरे

(Visited 35 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु