मेचीनगर ४ का जनप्रतिनिधिको एक महिनाको भत्ता राहत कोषमा


मेचीनगर चार नम्वर वडा कार्यालय बाहुनडाँगी ।

मेचीनगर । मेचीनगर राहात कोषमा मेचीनगर नगरपालिका वडा नम्बर ४ का जनप्रतिनिधिहरुले आफुले पाउने एक महिनाको भत्ता जम्मा गर्ने भएका छन् ।
मेचीनगर राहात कोषमा वडाका सबै पाँचै जनाको एक महिनाको बैठक भत्ता जम्मा गर्ने निर्णय भएको मेचीनगर–४ का वडा अध्यक्ष नविन बरालले बताए ।
वडा अध्यक्ष बराल सहित वडा सदस्यहरु मञ्जीता तामाङ, कमला दर्जी, प्रल्हाद दाहाल र बिनोदकुमार रन्जीतकारले आफुले पाउने बैठक भत्ता सहितका अन्य पारिश्रमिक बापत एक महिनामा पाउने रकम कोषमा जम्मा गर्ने निर्णय भएको वडा अध्यक्ष बरालले बताए ।

(Visited 89 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु