मेचीनगरमा खाद्यन्नको अभाव सृजना हुने छैन– नगर प्रमुख आचार्य


मेचीनगर । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टा झापाले खाध्य संकट नहुने बताएको छ । नगर क्षेत्रभित्र खाद्यन्नको अभाव सृजना हुन नदिन विभिन्न पहल भइरहेको नगरपालिकाले जनाएको छ ।

शनिवार मेचीनगर नगरपालिका, मेची उद्योग बाण्ज्यि संघलगायतको टोलीले नगरका खाध्य उत्पादक तथा बितरकहरुसँग भेटघाट गरेको नगर प्रमुको स्वकीय सचिव विजय भट्टराईले जानकारी दिए ।

नगरमा खाद्यन्नको अभाव सृजना हुन नदिन नगरमा रहेका खाध्य उत्पादक तथा बितरकहरुसँग निरन्तर सम्पर्क रहि आबस्यक पहल भइरहेको नगर प्रमुख बिमल आचार्यले बताएका छन् । लकडाउन अझ लम्बिने अबस्था रहेमा नगरमा अभाब सृजना हुन नदिनका लागि नगरले प्रयत्न गरिरहेको उनले बताए । लकडाउनमा बिचलित नभई, उच्च सतर्कका साथ सुरक्षित घर–घरमा बसिदिनुहुन समेत नगर प्रमुख आचार्यले आग्रह गरेका छन् ।

बिपदको यश समयमा आफ्नो स्वास्थ्यप्रती सचेत रहँदै सरकारको नियम पुर्ण पालना गरि घर–घरमा बसिरहनु भएको बखत पर्न गएको असुबिधा महसुस गरेर केही हदसम्म नगरबासीको सहजताका निम्ति तरकारी एबम् खाध्यबस्तु सहज रुपमा किन्नका लागि मेची उद्योग बाणिज्यसँगको सहकार्यमा गाउँ/गाउँ, टोल टोलमा पुर्याउने ब्यबस्था गरिएको समेत नगर प्रमुख आचार्यले बताए ।

‘यो समयमा नगरका अति बिपन्न परिवारहरुका निमित्त वडारवडामा वडा प्रतिनिधि तथा टोलबिकास समितिका जिम्मेबार ब्यक्तित्वबाट सिफारिस गरिएको नामको आधारमा राहत बितरण गरिइरहेको छ ।’ उनले भने– ‘सो बितरण कार्यलाई सहजता प्रदान गरिहरनुभएका सबै जिम्मेबार नगरबासीमा धन्यबाद ज्ञापन गर्दछौं ।’

(Visited 38 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु