विपन्न वर्गलाई थापाले दिए राहत


मेचीनगर । नेकपाका युवा नेता बालकृष्ण थापाले शुक्रबार ४५ हजार रुपैयाँ मूल्य बराबरको राहत सामग्री वितरण गरेका छन् ।
कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै सरकारले घोषणा गरेको लक डाउनबाट समस्यामा परेका विपन्न परिवारलाई उनले राहत प्रदान गरेका हुन् ।
समाजसेवी थापाका अनुसार दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवार लक डाउनबाट मारमा परेकाले पहिचान गरी राहत स्वरुप खाध्यान्न सहयोग गरिएको हो ।


लक डाउन घोषणा भएदेखि नै राहत वितरणमा सक्रिय रहँदै आएको थापा नेतृत्वको टोलीले शुक्रबार मात्र मेचीनगर ६ स्थित पूर्व क्षीतिज टोल विकास संस्थाका १४, बौद्व टोल विकास संस्थाका ८, शान्ति गाउँका ६, रमाइलो गाउँका ११ र काँकरभिट्टामा रहेका पर्यटन मजदुरका ७ घर परिवारलाई राहत दिएको छ । ती विपन्न वर्गीय परिवारलाई चामल, दाल, आलु, नुन र खानेतेल वितरण गरिएको टोलीमा सहभागी जिल्ला ट्राभल संघका अध्यक्ष नेत्र कार्कीले बताए ।

त्यस्तै, सो टोलीले शुक्रबार नै धुलाबारीमा रहेका १७ भारतीय र अन्य नेपाली गरी ४० जना निमार्ण मजदुरलाई दैनिक उपभोग्य खाद्य वस्तु हस्तान्तरण गरेको छ । उनीहरुलाई ३० केजी चामल, ५५ केजी आलु, दाल र नुन ३र३ केजी तथा खानेतेल ३ लिटर दिइएको बताइएको छ ।
राहत वितरणका क्रममा देवकोटा पार्क व्यवस्थापन समितिका सचिव शेखर काजी थापा, युवा व्यवसायी नारायण पराजुलीलगायतको उपस्तिथि थियो ।

(Visited 57 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु