शिवसताक्षीमा पनि लकडाउन उल्लंघन गर्नेलाई सडकमै उभ्याइने


शिवसताक्षी ।   लकडाउनको बर्खिलाप गरेर जथाभावी हिड्ने सर्वसाधरणलाई शिवसताक्षी नगरको झिलझिलेमा पनि ‘टु आवर लकडाउन सेल’ मा राखिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले आव्हान गरेको लकडाउन उल्लंघन गर्नेलाई सामाजिक दुरी कायम राख्दै सेतो घेरा भित्र दुईघन्टा राखिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

सरकारले कोरोनाबाट बच्न जारी गरेको सुचनाको अटेर गर्ने दुई दिन देखी प्रहरीको फन्दामा पर्न थालेका छन् । ‘यो कारबाही होइन ।’ लकडाउन अवज्ञा गर्नेलाई सडकमा बनाइएको सेतो घेराभित्र दुइ घन्टा उभ्याएर छाडिने जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

‘वहाँहरुलाई कोरोनाबाट बच्नका लागि केहि चेतनामुलक क्लास पनि दिने गरेका छाँै ।’ झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोइरालाले भने, ‘लकडाउनको अवज्ञा गरे दुइघन्टा तातो घामको सडकममा ठिङ्ग्याउने गरेका छौं ।’ झापाको विर्तामोडबाट सुरु भएको यो अभियान शनिश्चरे हँुदै जिल्ला प्रहरी कार्यालयको निर्देशनमा अधिकाँस ईलाका प्रहरी कार्यालयले कार्यान्वयन गरेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेले पनि यो अभियान सुरु गरेको छ । शनिवार विहान ७ बजे देखी सुरु गरिएको यो अभियानमा लकडाउनको अवज्ञा गर्ने मात्र थिए ।

विद्यालयका शिक्षक देखी ठुला घरानाका व्यक्तिहरु पनि प्रहरीको सेतोघेरा भित्र देखिन्थे । खाद्यन्न, सागसब्जी, औषधी खरिदका लागि बजार आएको बताए पनि जिल्ला सुरक्षा समितिले जारी गरेको पास उनिहरुसंग थिएन । स्थानीय प्रशासनले घर बाहिर अतिआवस्यक कामले निस्कनु प¥यो भने स्थानीय प्रहरीको सहयोगममा मात्र निस्कन अनुरोध गरेको थियो । तर, सेतो घेरामा परेका मध्ये कसैले पनि स्थानीय प्रसाशन र स्थानीय सरकार सँंग समन्व्य नगरेको पाइयो ।

सेतो घेरामा १५ वर्षदेखी ६० वर्ष उमेर समुहका सर्वसाधरण थिए । साइकल, मोटरसाईकल र कार लिएर राजमार्गमा आएकालाई पक्राउ गर्दे सेतो घेरामा राखिएको बताए ।

घरमा बस्न सरकारले गरेको आव्हानलाई नटर्ने सडकको तातो रापमा बनाइएको सेतो घेरा भित्र दुई घन्टा बिताउन अधिकाँसलाई हम्मे हम्मे परेको थियो । कतिपयले भन्दै थिए, आईन्दा किन निस्कन्थे ।


झापा प्रहरीले मान्छेको भिडभाड हुने अलग अलग स्थानमा यो अभियानलाई विस्तार गरेको हो । इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी ट्राफिक प्रहरी पोष्ट झिलझिलेको संयुक्त टोलीले लकडाउन उल्लंघन गर्ने ६५ जनालाई उभ्याएको थियो ।

यो संख्या विहान ७ बजे देखी १० बजे सम्मको हो । ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर, अस्थाई ट्राफिक प्रहरी पोष्ट झिलझिलेका इन्चार्ज गणेश श्रेष्ठ लगायतको नेतृत्वमा शनिवार विहान देखी सडकमा प्रहरी परिचालन भएको थियो । झापा प्रहरीले ‘टु आवरस् लकडाउन सेल’ नाम दिएर सामाजिक दुरी कायम राख्दै चेतावनी स्वरुप यो कार्वाही शुरु गरेको हो ।

(यो समाचार वेलकम सताक्षीधाम डटकमबाट लिइएको हो ।)

(Visited 85 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु