विपद व्यवस्थापन समिति मेचीनगरको प्रेस विज्ञप्ति


मेचीनगर नगरपालिकाको कार्यालय झापा

विपद व्यवस्थापन समिति मेचीनगरको प्रेस विज्ञप्ति
१) कोरोना भाइरस संक्रमण नियन्त्रण रोकथामका लागि मेचीनगर नगरपालिकाको तर्फबाट करिब एक लाख भारतलगायतका मुलकबाट आएका व्यक्तिहरुको जोरो चेक जाँच तथा कोरोेना भाइरस सम्वन्धि परामर्श गरिएको छ ।

२) मेचीनगरको वडा नम्वर ११ धाइजन स्वस्थ्य चौकीमा २५ वेड, मेचीनगर–७ सत्तिघट्टामा २० वेड, मेचीनगर–४ बाहुनडाँगीको सरस्वती माविमा २० वेड र पशुपति माविमा २० वेड र आदर्श मावि इटाभट्टामा ५० वेड गरि एक सय ३५ वेड क्षमता भएको क्वारेन्टाइन निमार्ण गरिएको छ । हाल आदर्श मावि इटाभट्टा र धाइजन स्वस्थ्य चौकीको भवनमा रहेको क्वारेन्टाइन सञ्चालनमा छ ।

टिका मंग्राती : संयोजक, मेचीनगर विषद् व्यवस्थापन समिति  

३) हाल सम्म मेचीनगरका उल्लेखित क्वारेन्टाइनमा बसेको जम्मा सङख्या १ सय ३९ जना क्वारेन्टाइनबाट घर फर्केको सङख्या १ सय ९ र आजको मिति २०७६ चैत २८ गते क्वारेन्टाइनमा रहेको सङख्या जम्मा ३० रहेको छ ।

४) मेचीनगरको वडा नम्वर २ मेची जनसाधारण माविमा भारतिय नागरिकहरु लकडाउनको कारण आफ्नो देश जान नसकि अलपत्र परेको हुदाँ सुरक्षित आवस र खाद्यन्नको प्रबन्ध गरि ४५ जनालाई राखिएको छ ।

५) देश बाहिरबाट आएर घरमै सेल्फ क्वारेन्टाइनमा बस्नेको सङख्या २ सय ५८ जना रहेका छन् । स्थानिय जनप्रतिनिधि र प्रहरीको समन्वयमा स्वस्थ्यकर्मी परिचालन गरि नियमित स्वस्थ्य परिक्षण गरि निगरानिमा राखिएको छ ।

६) काँकरभिट्टाका विभिन्न होटलहरुमा बसेका ५४ जना यात्रुहरु लक डाउनका कारण अलपत्र हुदाँ नगरपालिकाको समन्वय र आवश्यक सहयोगमा होटल व्यवसायी संघ मार्फत आवास तथा खानाको व्यवस्था गरिएको छ ।

७) किटनाशक औषधी सार्वजनिक स्थल सडक लगायतका स्थानमा स्प्रे गर्ने गरि प्रत्येक वडा कार्यलयमा उपलव्ध गराइएको छ ।
८) लकडाउन पछि सुरुका दिनमा नेपालका विभिन्न स्थानमा जाने यात्रुहरुलाई सहजिकरण गरिएको छ ।

९) कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नगरपालिकाले सम्भावित र जोखिममा रहेका मानिसहरुका लागि तत्काल क्वारेन्टाइन वा हस्पिटल लानका लागि २ वटा एम्बुलेन्स परिचालन गरिएको छ ।

१०) कोरोना भाइरस परिक्षण गर्ने क्रममा मेचीनगरको आदर्श माविका आठ जनाको आर डि टि टेस्ट गरिएको छ भने चार जनाको स्वब पक्षिणको लागि लगिएको छ । त्यसैगरि धाइजनमा रहेका सात जनाको स्वब पक्षिणको लागि लगिएको छ भने आठ जनाको आर डि टी परिक्षण गरिएको छ । पक्षिणको क्रममा हालसम्म मेचीनगरमा कसैलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छैन ।

 

 

टीकाराम मंग्राति
संयोजक विपद व्यवस्थापन समिति मेचीनगर

(Visited 78 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु