झापाको मेचीनगरबाट सन्देश : विपद्का बेलामा जनताको सेवा गर्न चारै पार्टी एकैठाउँमा


मेचीनगर । निर्वाचनताका फरक फरकरुपमा प्रस्तुत हुने राजनीतिक दल विपद्का वखत एक ठाउँमा उभिएका छन् । झापा मेचीनगरमा क्रियाशील चावटा राजनीतिकहरु विपद्का बखत एक ठाउँमा उभिएर विहीबार मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा एकलाख बढी रकम जम्मा गरेका छन् ।

आस्था र विचारमा फरक फरक भए पनि वा निर्वाचनका बखत एकअर्कामा प्रतिस्पर्धा गरेपनि देशमा संकट पर्दा एकठाउँमा उभिनुपर्छ भन्ने मेचीनगरका राजनीतिक दलले राम्रो सन्देश दिएका छन् ।

ती दलले जो जो जुनसुकै विचार र आस्था वा दलमा भएपनि हरेक नागरिकको दुःख पीडामा एकठाउँमा छौ र मल्हम पट्टीको काममा सधै साथ सहयोग रहने छ भन्ने सकरात्मक सन्देशसहति राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, समाजवादी पार्टी र राप्रपाले मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा सहयोग रकम जम्मा गरेर उदाहरण प्रस्तुत गरेका हुन् ।

नेकपा मेचीनगर समिति तथा नेपाली काँग्रेस मेचीनगरले क्रमस ५१/५१ हजार रुपैयाँ नेपाल बैंकमा जम्मा गरी भौचर हस्तानतरण गरे भने समाजवादी पार्टी मेचीनगरले १५ हजार १५ रुपैया र राप्रपा मेचीनगरले १५ हजार रुपैयाँ कोषमा जम्मा गरेका थिए । अपरान्ह चारवटै दलका नेताहरु एकसाथ नगरपालिका पुगेर नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई रकम बराबरको भौचर हस्तानतरण गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

पार्टीले जम्मा गरेको राहत रकमको भौचर हस्तान्तरणका लागि नेकपाका मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नगर सचिव राजु पोखरेल, क्षेत्रीय सचिव प्रकाश भण्डारी त्यस्तै नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति मणिकुमार उप्रेती, मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, प्रदेश क का सभापति हर्कबहादुर लिमबु फियाक, मेचीनगर सचिव हस्त आङदम्बे बशन्त तिवारीलगायत नगरपालिका पुगेका थिए ।

समाजवादी पार्टीका नेता चन्द्रजीत राई, गोकुल हुमागाईँ, मेचीनगर नगर अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाबाट नगर अध्यक्ष सुशील आचार्यले रकम हस्तान्तरण गर्नु भएको थियो । यस्तो विषम परिस्थितीमा एकअर्कामा आरोप प्रत्यारोप नगरी साथ सहयोगको खाँचो देखेर सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएको नेकपाको भनाई छ ।

(Visited 83 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु