डेढ घण्टामा पङ्गु बनेको २ तिहाईको सरकार !


लेखक निशा ओली ।

काठमाडौं – सरकारले बिहीबार लकडाउनका कारण उपत्यकामा अलपत्र परेकाहरुलाई भोलि र पर्सी बाहिर जान दिने कुरा हावा सरि फैलियो ।

त्यसपछि सामाजिक सञ्जालका त्यस्को व्यापक चर्चा भयो अझ स्पष्ट भाषामा भन्नुपर्दा भाइरल नै भयो । केहिले नकरात्मक प्रतिक्रिया दिए भने केहि खुशी भएर सामान प्याक गरेको सम्म भन्न भ्याए ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चतरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नै कार्यकक्षमा सरोकारवाला मन्त्रालयलका मन्त्रीहरुलाई बोलाएर उक्त निर्णय गरेका थिए भन्ने समाचार फैलिएको थियो तर त्यो निर्णय भएको डेढ घण्टा नबित्दै उक्त निर्णय झुट भएको भन्दै गृहमन्त्रालयबाट विज्ञप्ती आयो ।

हेराैं बिज्ञप्ती 

यसकाे सँगसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्टाटस समेत लेख्न भ्याए हेराैं स्टाटस 

यस्काे केहि समयमै प्रधानमन्त्रिका प्रेस सल्लाहकार सूर्य थापाले उक्त्त कुरालाई झुठाे सावित गर्न लकडाउन भनेकाे के हाे भनेर शिक्षा नै दिन खाेजे

हेर्नुहाेस स्टाटस 

लकडाउन भनेकाे लकडाउन नै हाे । भाेलि र पर्सि उपत्यका बाहिर जान पाइने भन्ने हाेइन । "समाचार"काे भ्रममा नपर्नुहाेला ।

Gepostet von Surya Thapa am Donnerstag, 9. April 2020

यतिसम्म कि पोखरेलले गृहमन्त्री रामबहादुर थापा बादल र भौतिक पुर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग सो निर्णय कसरी कार्यान्वयन गर्ने भन्नेबारे छलफल समेत गरिसेकका थिए । त्यसलगत्तै प्रदेश ५ का मुख्यमन्त्रि शंखर पोखरेलले उक्त्त कुराको विरोध जनाउँदै स्टाटस समेत लेखेका थिए ।

हेरौं उनको स्टाटस :

पोखरेलले एकाएक निर्णय नै नभएको र सञ्चार माध्यमले गलत समाचार दिएको भन्दै आपत्ति जनाएपछि पत्रकारहरु रुष्ट हुनु स्वभाविक नै हाे । उनीहरुले पनि ट्वीटरमा सरकारले गरेकाे गल्ती ‍‌औंलाउँदै सञ्चारमाध्यमलाई दोष नदिन आग्रह गरे । नेपाललाईभका सम्पादक नारायण अमृतले लेख्छन् , “ईश्वर पोखरेलदेखि भानुभक्त सरसम्मका हर्कत र निर्णयका नालिबेली छिमल्ने हो भने यिनीहरु इटली, चीन या स्पेनका मन्त्री नभएकोमा सारा सम्भावनाहरुलाई धन्यवाद दिनुपर्छ। त्यो चिहिलविहीलमा यस्ता मन्त्री भएको भए अझ के हुन्थ्यो होला? सोचौं त। धन्य हो नेपाल, धन्य हो हाम्रा अनुकुल सम्भावनाहरु।  “

त्यस्तै अर्का पत्रकार मनाेज दाहाल लेख्छन्,  “सरकारी संयन्त्रले नै शुक्रबार र शनिबार राजधानी छाड्न दिने निर्णय उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले गरेको सूचना चुहायो। अनि सर्वत्र विरोध भएपछि सरकार हच्कियो र भन्यो- हामीले यस्तो निर्णय गरेकै छैनौँ। गाल चाहिँ पत्रकारलाई!”

पत्रकार र सरकारकाे याे जुहारी चल्नु स्वभाविक नै हाे तर गलत काे हाे भन्ने कुरा प्रमुख हाे । हामीले कुरा गर्न खाेज्दा समितिका एक सदस्यले निर्णय भएको स्वीकार गरे । उनले व्यवस्थापन गर्न गाह्रो हुने भएपछि तत्कालका लागि निर्णय कार्यान्वयन गर्न नसक्ने भएको बताए । ‘निर्णय भएकै हो’, उनले भने, ‘व्यवस्थापन गर्न नसक्ने भएपछि हाललाई ब्याक हुने भन्ने भयो ।’ सरकारले उपत्यकामा भएका मानिसलाई बाहिर पठाउन तयारी नगरेको र पर्याप्त श्रोत र साधन समेत नभएकाले निर्णय कार्यान्यवन गर्न नसकिएको उनले जानकारी दिए  ।

तर, प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा समेत उक्त निर्णयबारे सूचना प्रकाशित भइसकेको भेटिएको छ । ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिन खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरीय समितिको बैठकले भोलि र पर्सी काठमाण्डाैं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ’, सूचनामा भनिएको छ ।

तर, निर्णय नै नभएको उपप्रधानमन्त्री पोखरेलको दाबीपछि नोटमा स्थानीय र प्रदेश सरकारहरुले मान्यता नदिएका कारण उक्त निर्णय फिर्ता लिइएको पनि सोही पेजमा देख्न सकिन्छ ।

नेपाल सरकार प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को आधिकारिक भनेर भेरिफाइड भएको फेसबुक पेज भने अहिले भेटिदैन । 

(Visited 197 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु