नागरिकले प्रश्न सोध्दा ‘मुद्दा हालिदिन्छु’ भन्दै धम्की दिए यी जनप्रतिनिधीले


मेचीनगर ।  मेचीनगर–६ का एक यूवालाई प्रश्न सोधेकै भरमा मुद्दा हाल्ने मेचीनगर–७ का वडा सदस्यले चेतावनी दिएका छन् ।

मेचीनगर–७ मदनबस्ती निवासी राजकुमार राजबंशीलाई मेचीनगर–७ का वडा सदस्य नेत्र दाहालले मुद्दा हाल्ने चेतावनी दिएको बताइएको छ ।


वडा सदस्य दाहालले आफुलाई अचानक मुद्दा हाल्छु भन्दा अचम्ममा परेको राजवंशीले बताए । राजवंशीले भने– मेरो घर अगाडी वडा सदस्य दाहालसँग भेट भएपछि मैले नमस्कार गर्दै राहातको कुरा गरे । ‘हाम्रो वार्ड मा पनि त राम्रै राहत आएको होला नी दाई भन्दै प्रश्न गर्दा उहाँ रिसाउनु भयो ।’

राजवंशीले भने– मेरो कुरा सुन्ने बितिकै जुरुक्क उठेर वडा सदस्य दाहालले मलाई यस्तो सोध्न तिमिलाई केश गर्छु भनेर त्यहाबाट जानुभयो’ । राजवंशीले इमेचीसँग भने– ‘एउटा जनताको हिसाबले मेचीनगरवासीको हिसाब मैले प्रश्न सोध्न पनि नपाउनु ।’

मेचीनगर–७ मदनबस्ती निवासी राजकुमार राजबंशी

मेचीनगर–७ का वडा सदस्य दाहालले आफुबाट कमजोरी भएको स्वीकारेका छन् । उनले भने– ‘म वाट केही कमि कमजोरी भएकै हो । यो बिषयमा हामी मिलाउछौ ।’

(Visited 597 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु