नकलबन्दा सहकारी सधै खुल्ला


मेचीनगर । लक डाउनका कारण सेबाग्राही मर्कामा परेको भन्दै सहकारी लगायत वित्तिय सस्थाहरुले निश्चित समयमा कार्यालय खोल्न थालेका छन् । वित्तिय सस्थाहरुले सदस्यलाई आर्थिक समस्या नहोस् भनेर निश्चित समय भएपनि सेवा उपलब्ध गराउन थालेका हुन् ।

यसैक्रममा नकलबन्दा बचत तथा ऋण सहकारी सस्था मेचीनगर–५ नकलवन्दाले कार्यालय नियमित सञ्चालन गेरको छ । लकडाउनका कारण चैत १७ गतेसम्म कार्यालय बन्द थियो । कृषि सामाग्री वितरण गर्नुपर्ने भएका कारण चैत १८ गतेदेखी बिहान १० बजेदेखी १ बजेसम्म सञ्चालन गरिएको संस्थाका प्रबन्धक महेन्द्रकुमार कुँवरले जानकारी दिए ।

संस्थाका प्रबन्धक महेन्द्रकुमार कुँवर

सस्थाबाट अहिले यूरिया, डिएपी र पोटाष बिक्रि बितरण भइरहेको प्रबन्धक कुँवरले जानकारी दिए । सदस्यको आवश्यक्तालाई मध्यनजर गर्दे खाताबाट ५ हजार सम्म रकम निकाल्न मिल्ने व्यवस्था गरिएको प्रबन्धक कुँवरले जानकारी दिए ।

(Visited 70 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु