मेचीनगर राहात कोषमा मेची मासु साकोसको सहयोग


मेचीनगर । विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा राहात रकम आउने क्रम जारी छ ।

मेचीनगर राहात कोषमा मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाले सहयोग गरेको छ । मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाले मेचीनगर राहात कोषमा २५ हजार बरावरको खाद्यन्न सहयोग गरेको हो ।

विहीवार नगरपालिका कार्यालयमा सस्थाका अध्यक्ष भगिरथ राई र सचिव राजकुमार पराजुलीले नगर प्रमुख बिमल आचार्य र उप प्रमुख मीना उप्रेतीलाई खाद्यन्न हस्तान्तरण गरेका हुन् । सस्थाले वडा नम्वर ६ लाई पनि १ सय केजी चामल सहयोग गरेको अध्यक्ष राईले जानकारी दिए ।

(Visited 27 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु