इलाममा परीक्षा दिएर फर्किएका तीन छात्रा माइ खोलामा बेपत्ता


इलाम। इलाममा परीक्षा दिएर फर्किदै गरेका तीन विद्यार्थी माइ खोलामा बेपत्ता भएका छन्। माई नगरपालिका ६ भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खोला तर्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।

बेपत्ता हुने विद्यार्थीमा कक्षा ९, ८ र ६ पढ्ने माइ नगरपालिका १ ज्वालेका निशा सुनार, आकृति आङ्देम्बे र सुनिता साउदने दिउँसो २ बजे बेपत्ता भएको शिक्षक गोपाल घिमिरेले जानकारी दिए।

उनीहरुसँगै घर फर्किर्दै गरेका अन्य दुई विद्यार्थी भने खोला तर्न सफल भएका छन्। विद्यार्थी बेपत्ता भए लगत्तै दानावारी, चिसापानी र पेल्टीमारी युनिटका प्रहरी खोजीकार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए।

र यो पनि पढ्नुहोस्

कोसी व्यारेजमा बाढीले खतराको सतह नाध्यो

काठमाडौं । सप्तकोसी नदीमा पहाडी भेगमा लगातारको वर्षा सगै आएको बाढीले खतरा सतह पार गरेको छ ।मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले कोशीमा बाढीको सतह खतरा भन्दा माथी गएकाले विपत्तीबाट हुने क्षति प्रति सावधानी अपनाउन स्थानीय प्रशासनको समन्वयमा सप्कोसी नदीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको जनाएको छ ।

सप्तकोसीमा शनिवार २ः ३० बजे बाढीको बहाव २ लाख ७४ हजार ६५ क्यूसेक मापन गरिएको छ । पानीको निकासका लागि ३५ वटा ढोका खोलिएको छ ।स्थानियहरुलाई सजग रहन भन्दै सबै क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् सूचना पठाइएको छ ।

सो क्षेत्रमा आइतबारसम्मै ‘अति उच्च सावधानी’ जरुरी भएको सुचना पठाईसकेको बाढी सूचना केन्द्रले जनाएको छ । सप्तकोशीमा पानीको सतह खतराभन्दा माथि गएपछि कोशी ब्यारेजमा कोशी परियोजनाका सर्व कर्मचारीहरुलाई अलर्टमा राखिएको छ ।

पानीको बहाव बढ्ने क्रम निरन्तर भएपछि सप्तकोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ ।

(Visited 37 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु