अमेरिकामा ज्यान गुमाउनेकाे संख्या १५ हजार नजिक


काठमाडौँ, २७ चैत । अमेरिकामा पछिल्लो २ दिनयता कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङख्या १ हजार ९ सय हाराहारी रहेको जनाइएको छ । बुधबार मात्र अमेरिकाभरि १ हजार ९ सय २५ जनाको मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ । मंगलबार १ हजार ९ सय ७० को मृत्यु भएको थियो ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ७ सय ६६ पुगेको छ । मंगलबार यो संख्या १२ हजार ८ सय ४१ थियो ।

हालसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ४ लाख ३० हजार ९ सय ०२ पुगेको छ । यसमध्ये बुधबार मात्र ३० हजार ५ सय ६७ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटर्सले जनाएको छ । मंगलबार ३३ हजार ३ सय ३१ नयाँ बिरामी थपिएका थिए ।

कोरोना भाइरसको हटस्पट रहेको न्यूयोर्क राज्य/सहरमा मात्रै हालसम्म ६ हजार बढीको मृत्यु भएको छ । बुधबार एकैदिनमा त्यहाँ ७ सय ७९ जनाको मृत्यु भएको जनाइएको छ । अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि हालसम्म १ हजार ५ सय बढीको मृत्यु भइसकेको छ ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित राज्य/वर्ल्डाेमिटर्स

न्यूयाेर्कका गभर्नर एन्ड्रयू एम कुमोले न्यूयाेर्कमा काेराेनाबाट ज्यान गुमाउनेको सङख्या सेप्टेम्बर ११, २००१ मा भएकाे आतंकवादी हमलायताकै सर्वाधिक बढी रहेकाे भन्दै दु:ख व्यक्त गरेका छन् ।

उनले सेप्टेम्बर ११ काे घटना साेच्न पुगेकाे भन्दै आफ्नो दैनिक ब्रिफिङमा भने, ‘मैले सोचें कि मेरो जीवनकालमा मैले त्यस्तो फेरि कहिल्यै देख्नु नपराेस्- त्योभन्दा खराब र दु:खद कुरा अरू के हुन सक्छ !’ उनले अहिलेकाे कहर निश्चय नै दु:खदायी रहेकाे भन्दै छिटै यसलाइ राेक्न र परिवर्तन गर्न सक्ने विश्वास समेत दिलाए ।

(Visited 72 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु