विश्वभर साढे १४ लाख संक्रमित, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ? (तालिकासहित)

विश्वभर कोरोना भाइरस (संक्रमण) संक्रमितको संख्या बुधबार बेलुका सम्म साढे १४ लाख नाघेको छ भने ८३ हजार ५ सय बढीको निधन भैसकेको छ ।
गुगलले उपलव्ध गराएको तथ्याङ्क अनुसार विश्वभर १४ लाख ५० हजार ३ सय ४३ जनामा कोरोना संक्रमण भएको पाइएको छ। यो भाइरसका कारण ८३ हजार ५ सय ६८ जनाले ज्यान गुमाएका छन्।
कूल संक्रमति मध्ये ३ लाख ८ हजार ६ सय १७ जना उपचार पछि निको भइ अस्पताबाट घर फर्केका छन्।
कोराना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस आइतबारसम्म विश्वका २ सय ८ देश तथा क्षेत्रमा देखिएको छ।
नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ, जसमध्ये एक जनालाई निको भइसकेको छ भने ८ जना उपचार गराइरहेका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, चीन, फ्रान्स, इरान, बेलायत, टर्की, बेल्जियम, स्वीट्जरल्याण्ड र नेदरल्याण्ड्स रहेका छन्।
कोरोना भाइरसबाट हालसम्म सबैभन्दा बढीको मृत्यु इटालीमा भएको छ भने संक्रमित अमेरिकामा देखिएका छन्।
अमेरिकामा हालसम्म ४ लाख १ हजार ६ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये १२ हजार ९ सय ५ जनाको मृत्यु भइसकेको छ। स्पेनमा कोरोनाको संक्रमित १ लाख ४६ हजार ६ सय ९० रहेकोमा १४ हजार ६ सय ७३ जनाले ज्यान गुमाइसकेका छन्।

इटालीमा हालसम्म १ लाख ३५ हजार ५ सय ८६ जनामा कोरोनाको संक्रमण देखिएको छ। ज्यान गुमाउनेको संङख्या १७ हजार १ सय २७ पुगेको छ भने २४ हजार ३ सय ९२ जना निको भएर घर फर्केका छन् ।
जर्मनीमा अहिलेसमम्म १ लाख ७ हजार ६ सय ५९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ हजार १७ जनाको मृत्यु भएको छ भने ३१ हजार ४ सय ३२ जना निको भएर घर फर्केका छन् ।
फ्रान्समा ७८ हजार १ सय ६७ जनामा संक्रमण देखिएकोमा १० हजार ३ सय २८ जनाको मृत्यु भइसकेको छ भने १९ हजार ३ सय ३७ जना निको भएर घर फर्केका छन् ।
चीनमा हालसम्म ८१ हजार ८ सय २ जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ ३ हजार ३ सय ३३ जनाको मृत्यु भएको छ भने ७७ हजार २ सय ७९ जना निको भएर घर फर्केका छन् ।
इरानमा हालसम्म ६७ हजार २ सय ८६ जनामा कोरोना भेटीएको छ, जसमध्ये ४ हजार ३ जनाको मृत्यु भएको छ भने २९ हजार ८ सय १२ जना निको भएर घर फर्केका छन् ।
बेलायतमा कोरोना संक्रमितको संख्या ५५ हजार २ सय ४२ पुगेको छ । भाइरसका कारण ज्यान गुमाउनेको सङख्या ६ हजार १ सय ५९ पुगेको छ। रोचक कुरा त के छ भने बेलायतमा अहिलेसम्म निको भएर फर्केका एकजना पनि छैनन् ।
टर्कीमा कोरोना संक्रमितका संख्या ३४ हजार १ सय ९ रहेकोमा ७ सय २५ जनाको मृत्यु भइसकेको छ भने १ हजार ५ सय ८२ जना निको भउर फर्केका ५न् ।
बेल्जियममा २३ हजार ४ सय ३ जना संक्रमित रहेकोमा २ हजार २ सय ४० मृत्यु भएको छ भने ४ हजार ६ सय ८१ जना निको भएर घर फर्केका छन् ।
स्वीट्जरल्याण्डमा कोरोना संक्रमतिको संख्या २२ हजार ४ सय ८८ पुगेको छ, ज्यान गुमाउनेको सङख्या ८ सय ४६ पुगेको छ भने ८ हजार ७ सय ४ जना निको भएर फर्केका छन् ।
नेदरल्याण्ड्समा संक्रमितको सङख्या २० हजार ५ सय ४९ पुगेको छ । २ हजार २ सय ४८ जनाले ज्यान गुमाइसकेका छन् भने अहिलेसम्म एक जना पनि निको भएर घर फर्केका छैनन ।
बाँकी कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित अन्य देशमा रहेका छन्।
नेपालमा भने २ हजार ३ सय ६६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यसमध्ये ९ जनामा पोजेटिभ रिर्पोट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्