लकडाउन हुँदा छाती पोल्यो दुख्यो सिल्का हान्यो, सास फेर्न गार्हो भयो, मुटुको धड्कन बढ्यो भने के गर्न सकिन्छ?


यदि तपाईंको अचानक छाती पोल्यो दुख्यो सिल्का हान्यो, सास फेर्न गार्हो भयो, मुटुको धड्कन बढ्यो आदि भयो भने सुरुमा लौ मलाई हर्ट एट्याक भयो क्याहो, म त मर्छु कि क्याहो जस्तो लाग्न सक्ला। यस्तो बेलामा समयमै अस्पताल जाने सुबिधा छ भने गएर देखाउनुस। यदि उपाय छैन भने निम्न कुरामा ध्यान दिनुस।

छातीको भागमा बाहिरी छाला बाहेक, भित्र मांशपेसी, करंगको हड्डी, फोक्सो, मुटु अनि मुखदेखि पेटसम्म जाने खाना जाने नली (esophagus) आदि हुने हुँदा यी मध्य कुनै पनि भागमा समस्या हुँदा छातीमा दुख्ने पोल्ने, सास फेर्न गार्हो भएको जस्तो आदिको अनुभब हुन सक्छ।

आज मुटु र फोक्सोको समस्या भए जस्तो लाग्ने तर बास्तवमा मुटु र फोक्सोमा समस्या नभएको सामान्य समस्या लिएर डाक्टरकोमा वा इमरजेन्सी मा धेरैलाई मानिसलाई जानु परेको प्रमुख तीन कारण बारेमा कुरा गर्छु।
१; Acid Reflux: पेटको एसिड माथि फर्किएर आएर पेट पोल्ने समस्या।
२; Costochondritis: करंगको हड्डी अगाडी पट्टि जोडिने भागको cartilage सुन्निने समस्या।
३; Panic Attack: अचानक पत्तै नपाई, कारण थाहा नभई, आत्तिने साइकोलोजिक समस्या।

यी समस्याहरु निकै साधारण समस्या हुन तर पहिलो चोटी हुनेलाई साधारण हुन भनेर थाहा नपाउँदासम्म निकै डर लाग्ने मरिन्छ कि झैं लाग्ने समस्या पनि हुन।

१. Acid Reflux: पेटको acid माथि फर्किएर आएर पेट पोल्ने समस्या।

– पेटको Acid पेटमा रहंदासम्म पेट पोल्दैन तर माथि तिर आउन थाले पछि acid ले food pipe मा पोल्न थाल्छ जसले गर्दा छाती पोलेको, मुटु पोलेको जस्तो अनुभब हुन्छ। कसैलाई निन्द्राबाट पनि उठाउन सक्छ।

– यस्तो हुँदा मिल्छ भने acid को effect कम गर्ने वा acid उत्पादन कम गर्ने औषधि खान सकिन्छ। नजिक औषधि छैन भने एक ग्लास चिसो दुध खाँदा कम हुन सक्छ। त्यो पनि छैन भने पानी वा कुनै खानेकुरा खाँदा पनि कम हुन सक्छ।

– सुत्दा सिरानीको भाग अलि अग्लो बनाएर सुत्दा acid माथि फर्किएर आउन पाउंदैन अनि दुख्दैन पोल्दैन।

२. Costochondritis: करंगको हड्डी अगाडीपट्टि जोडिने भागमा cartilage सुन्निने समस्या।

– कसैको केहि गरुङ्गो सामान उचालेको कारण, बेस्सरी खोकेको कारण वा अन्य धेरै कारणले गर्दा करंगको हड्डी अगाडीपट्टि जोडिने भागमा cartilage सुन्निने समस्या हुँदा छातीमा दुख्ने समस्या हुन सक्छ।

– कसैको उक्त भागमाछुँदा, धकेल्दा, लामो गहिरो सास फेर्दा, खोक्दा, सामान उचाल्दा वा हल्का शरीर चलाउंदा अलि ज्यादा दुख्ने हुन सक्छ।

– यो समस्या २-३ हप्तामा आँफै कम भएर जान्छ केहि उपचार गर्नु पर्दैन। तर यो दुखाईको कारण आफ्नो दैनिक कामकार्य गर्न सकिएन भने केहि दिन painkiller खान सकिन्छ, दिनमा बढीमा ४ पटक।

– कसैलाई तातोले सेक्दा वा ice को चिसोले सेक्दा दुखाई कम हुन सक्छ।

– केहि दिन कम्मर भन्दा माथिको भागलाई जोड पर्ने काम गर्नु हुँदैन सकेसम्म rest गर्नुपर्छ।

३. Panic Attack: अचानक पत्तै नपाई, कारण थाहा नभई, आत्तिने Psychological समस्या।

– कहिले काहीं अचानक मुटुको धड्कन बढ्ने, छातीमा सिल्का हानेको जस्तो हुने, मन आत्तिने, सास फेर्न गार्हो भएको महसुस हुने, चिर चिर पसिना आउने, रिंगटा लाग्ने, मर्छु कि जस्तो हुने आदि लक्षण प्राय एकै पटक देखिने र केहि minute सम्म
लगातार हुने र बिस्तारै समय संगै यसको severity हल्का कम हुँदै जाने समस्या छ भने anxiety attack वा panic attack हुन सक्छ।

– पहिलो चोटी यस्तो हुनेलाई “लौ म मरें, मेरो जीवन यतिनै रहेछ” जस्तो लाग्न सक्छ तर यसैको कारणबाट ज्यान जाँदैन र शरीरमा दिर्घकालिन असर पनि हुँदैन।

– यदि hospital जानु भो भने मुटुको समस्याको कारण भएको हो होइन भनेर छुट्याउन डाक्टर बिभिन्न test जांच हरु जस्तै ECG, blood test (troponin level) चेक गर्छन। X-ray पनि गर्न सक्छन्। तर ति test मा कुनै खराबी देखिंदैन।
डाक्टरले आत्तिने समस्या कम हुने औषधि दिएर घर पठाईदिन्छन्।

– पहिले देखि anxiety को समस्या भएको र सफल उपचार भैरहेको वा सानोतिनो समस्याले अलि मन बिचलित भैहाल्ने समस्या भएको तर औषधि उपचार गर्न नपरेकोलाई यस्तो anxiety attack हुन सक्छ। कसै कसैलाई भने अहिलेसम्म आत्तिने समस्या नहुँदा पनि यस्तो panic attack अचानक हुन सक्छ।

– यस्तो anxiety attack को लक्षण कम हुने बित्तिकै (केहि घण्टा मै) व्यक्तिको अवस्था साधारण हुन्छ।

– थप अर्को पटक anxiety attack भएन भने उपचार गर्न जरुरी हुँदैन तर यदि मन आत्तिने अत्तालिने बानि छ, डर मान्न नपर्ने कुराको मनमा त्यतिकै डर लाग्छ, मन शान्त हुने सक्दैन, दिमाग relaxed भएर बस्न सक्दैन भने केहि दिन वा केहि हप्तामा psychotherapist संग therapy लिनु पर्छ र therapy ले मात्र भेटेन भने psychiatrist संग गएर औषधि लिनु पर्ने हुन सक्छ।

– Anxiety attack भएर आत्तिएको बेलामा धेरै कुरा गर्न सकिंदैन। न्युनतम गर्न सकिने कुराहरु निम्न छन् :

१; मनमनै “यो लक्षण केहि मिनेट को लागि मात्र हो। यो आँफै रोकिन्छ। यो लक्षणबाट छुटकारा पाउने मेरो खुबी छ” भन्नुस। बारम्बार मनमनै दोहोर्यौएर आंफ्नो मनलाई सम्झाउनुस।

२; “मर्छु कि क्याहो भएको छ तर म यसबाट मर्दिन” “Panic Attack बाट कोहि पनि मर्दैन” भनेर मनलाई दिमागलाई सम्झाई राख्नुस।

३; लक्षण अन्त नहुँदासम्म गहिरो सास लिइराख्नुस।

तत्कालको Panic attack रोकिएपछि अर्को पटक योसंग जुध्न therapy लिनु पर्ने हुन्छ।

तपाईंले जान्नै पर्ने कुरा!

यदि तपाईंको अचानक छाती दुख्छ, केहि निकै गरुङ्गो कुराले छातीमा थिचेको अनुभब हुन्छ + साथै निकै सास फेर्न गार्हो उकुस मुकुस भएको छ भने
वा सास फेर्न गार्हो भएको छ + खुट्टा पनि सुन्निएको छ भने तपाईं तुरुन्त अस्पताल जानु पर्छ।

मैले यहाँ छाती दुखेको भन्दा कता कता चसक्क छाती दुखेको, छातीमा सिल्का हानेको वा पोलेको भन्न खोजेको होइन। केहि निकै गरुङ्गो कुराले छातीमा थिचेको अनुभब + निकै भाहुन्न हुनेगरी दुख दिएको भन्न खोजेको हो। यी लक्षणहरु heart attack वा मुटुका सम्बन्धि अन्य समस्या हुन सक्छन।

(Visited 127 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु