१ घन्टामा कोरोनाको कारण अमेरिकामा मात्रै ५० जनाले ज्यान गुमाउँछन्


कोराना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका धेरै देश तथा क्षेत्रमा देखिएको छ।

विश्वभर कोरोना भाइरस (संक्रमण) संक्रमितको संख्या १३ लाख ५० हजार को नजिक पुगेको छ भने करिब ७५ हजारको मृत्यु भइसकेको छ।

बितेको २४ घन्टामा मात्रै यस भारइसका कारण ५ हजार २ सय २९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा १ हजार २ सय ५५ जनाले ज्यान गुमाएका छन् भने ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित फेला परेका छन् । यसको अर्थ प्रत्येक ६० मिनेटमा ५२ जना अमेरिकनकको ज्यान गएको हो ।

दोस्रो बढी ज्यान गुमाउनेमा स्पेन रहेको छ । स्पेनमा ५ हजार २९ जना नयाँ संक्रमित फेला परेका छन् भने ७ सय जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म स्पेनमा संक्रमण हुनेको संख्या १ लाख ३६ हजार ६ सय ७५ पुगेको ५ भने १३ हजार ३ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

इटलीमा ३ हजार ५ सय ९९ जना नयाँ संक्रमित फेला पर्दा ६ सय ३६ जनाले ज्यान गुमाएका छन् । इटालीमा हालसम्म १ लाख ३२ हजार ५ सय ४७ जनामा कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये १६ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ।

जर्मनीमा बितेको २४ घन्टामा ३ हजार ५ सय २२ जना नयाँ संक्रमित फेला परेका छन् भने २ सय २६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म जर्मनीमा १ लाख ३ हजार ३ सय ७५ जनामा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये १ हजार ८ सय १० जनाको मृत्यु भएको छ।

फ्रान्समा ६ हजार १ सय ७१ नयाँ स‌‌ंक्रमित भेटिँदा ८ सय ३३ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा अहिलेसम्म ७४ हजार ३ सय ९० जनामा संक्रमण देखिएकोमा ८ हजार ९ सय ११ जनाको मृत्यु भइसकेको छ।

नेपालमा भने बितेको २४ घन्टामा कुनै नयाँ संक्रमित फेला परेका छैनन् ।

(Visited 104 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु