कोरोना कहर : ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, कुन देशमा कति (सूचीसहित)


विश्वभर कोरोना भाइरस (संक्रमण) संक्रमितको संख्या १३ लाख ५० हजार को नजिक पुगेको छ भने करिब ७५ हजारको मृत्यु भइसकेको छ।

मंगलबार बिहान ९ बजेसम्मको तथ्याङ्क अनुसार विश्वका १३ लाख ४६ हजार २ सय ९९ जनामा कोरोना संक्रमण भएको पाइएको छ। यो भाइरसका कारण ७४ हजार ६ सय ७९ जनाले ज्यान गुमाएका छन्।

कूल संक्रमति मध्ये २ लाख ७६ हजार ६ सय ३६ जना उपचार पछि निको भइ अस्पताबाट घर फर्केका छन्।

कोराना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका धेरै देश तथा क्षेत्रमा देखिएको छ।

नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ, जसमध्ये एक जनालाई निको भइसकेको छ भने ८ जना उपचार गराइरहेका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन, इरान, बेलायत, टर्की, स्वीट्जरल्याण्ड, बेल्जियम र नेदरल्याण्ड्स रहेका छन्।

कोरोना भाइरसबाट हालसम्म सबैभन्दा बढीको मृत्यु इटालीमा भएको छ भने संक्रमित अमेरिकामा देखिएका छन्।

अमेरिकामा हालसम्म ३ लाख ६७ हजार ४ सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये १० हजार ९ सय १० जनाको मृत्यु भइसकेको छ। स्पेनमा कोरोनाको संक्रमित १ लाख ३६ हजार ६ सय ७५ रहेकोमा १३ हजार ३ सय ४१ जनाले ज्यान गुमाइसकेका छन्।

इटालीमा हालसम्म १ लाख ३२ हजार ५ सय ४७ जनामा कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये १६ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ।

जर्मनीमा मंगलबारसम्म १ लाख ३ हजार ३ सय ७५ जनामा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये १ हजार ८ सय १० जनाको मृत्यु भएको छ।

फ्रान्समा ७४ हजार ३ सय ९० जनामा संक्रमण देखिएकोमा ८ हजार ९ सय ११ जनाको मृत्यु भइसकेको छ।

चीनमा हालसम्म ८१ हजार ७ सय ४० जनामा कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ।

इरानमा हालसम्म ६० हजार ५ सय जनामा कोरोना भेटीएको छ, जसमध्ये ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोना संक्रमितको संख्या ५१ हजार ६ सय ८ पुगेको छ। यीमध्ये ५ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ।

टर्कीमा कोरोना संक्रमितका संख्या ३० हजार २ सय १७ रहेकोमा ६ सय ४९ जनाको मृत्यु भइसकेको छ।

स्वीट्जरल्याण्डमा कोरोना संक्रमतिको संख्या २१ हजार ६ सय ५७ पुगेको छ, जसमध्ये ७ सय ६५ जनाको मृत्यु भएको छ।

बेल्जियममा २० हजार ८ सय १४ संक्रमित रहेकोमा १ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ।
नेदरल्याण्ड्समा १८ हजार ८ सय ३ जनामा कोरोना देखिएको छ। यीमध्ये १ हजार ८ सय ६७ जनाको मृत्यु भइसकेको छ।

बाँकी कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित अन्य देशमा रहेका छन्।

नेपालमा भने १ हजार ८ सय ९० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यसमध्ये ९ जनामा पोजेटिभ रिर्पोट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

(Visited 125 times, 1 visits today)

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु