पुल मुनि बस्ने बिपन्न परिवार देखी झापा विद्रोहका योद्धाको घर सम्म राहत लिएर पुगे संचारकर्मी


झापा ।। लक डाउनको दुई साता बित्यो अझै यो अवधि थपिएको छ । यसले गर्दा अहिले आम जनतामा कोरोना भन्दा पनि भोकको चिन्ता बढेको छ । झापाका धेरै क्षेत्रमा अहिले बिहान बेलुका खाना समस्य देखिएको छ ।

स्थानिय तहले राहत बितरण कति ठाउँमा सुरु गरेको छ भने कति क्षेत्रमा सुरुनै गरेको छैन । झापाका २ संचारकर्मीले अहिले समाचार लेख्न भन्दा पनि दुखी गरिवको घरमा राहत बितरणमा उभिएका छन । झापाबाट संचालन भएको अनुसन्धान मिडियाका संचालक खगेन्द्र घिमिरे र पूर्वी व्लुजका संचालक सचिन न्यौपाने ले आज बाट गरिबको घरमा राहत लिएर जान सुरु गरेका छन ।

सुरुमा अति नै बिपन्न एक सय परिवारलाई पहिलो चरणमा राहत बितरण सुरु गरिएको जनाएका छन । देश तथा बिदेशबाट प्राप्त सहयोगबाट राहत बितरण सुरु गरेको २ संचारकर्मीले आज पहिलो दिन पुललाई आफ्नो घर बनाएर बसेका देखि ,बिपन्न हुदै झापा विद्रोहका योद्धा सानो दुर्गा अधिकारीको घर सम्म पुगेका छन ।

धुलाबारी हडिया पुलको मुनि लामो समय देखी बस्दै आएक एक दम्पतीलाई ३० किलोको चामल,एक काटुन चाउचाउ बितरण गरिएको थियो भने झापा विद्रोहका अधिकारीलाई ३० केजीको चामल बितरण गरिएको घिमिरेले बताए । यो सँगै अभियानले मेचीनगर ९ र १० क्षेत्रका ११ परिवार र बुद्धशान्तिका ४ परिवारलाई आज राहत बितरण गरेको छ । यो अभियान निरन्तर रहने बताइएको छ ।

परिवारलाई चामल,बिस्कुट,तेल,नुन,दाल,चाउचाउ,लुगा धुने साबनु बितरण गरिएको छ ।

(Visited 73 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु