मेचीनगर-४ मा पुग्यो विपन्न परिवारको घर–घरमा राहत


मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ का अति विपन्न तथा लक्षित परिवारले राहत पाएका छन् । उनीहरुलाई सोमबार वडा कार्यालयले राहत वितरण गरेको हो ।

वडा कार्यालयले वडाका २१ वटा टोल विकास संस्थाा मार्फत विपन्नलाई राहत वितरण गरीएको वडा अध्यक्ष नविन बरालले जानकारी दिए । विपन्न तथा लक्षित बर्गले सहज रुपमा राहत उपलब्ध गराउने उदेश्यले टोल विकास संस्था मार्फत राहत वितरण गरेको उनले बताए ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९०को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण अतिविपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई समस्या भएको ले त्यस्ता परिवारको छनौट गरी वडा कार्यलयले राहत वितरण सुरु गरेको हो ।

वडामा विपन्न परिवारको संख्या दुई सय १९ बढी रहेको वडा कार्यलयले जनाएको छ । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषको बाट एक सय १० परिवारलाई वितरण गर्न राहत सामग्री दिएको छ । थप एक सय ९ परिवारलाई वडा कार्यलयको तर्फबाट नै राहतको ब्यवस्थापन गरी जम्मा २ सय १९ विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

वडाले ४ जना सम्म भएको परिवारलाई १० केजी चामल, ३ केजी आलु, २ केजी दाल, १ लि तेल र १ प्याकेट नुन तथा ५ जना भन्दा माथी संख्या भएको परिवारलाई १५ केजी चामल सहित ३ केजी आलु, २ केजी दाल, १ लि तेल र १ प्याकेट नुन वितरण गरीएको अध्यक्ष बरालले जानकारी दिए ।

(Visited 41 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु