मेचीनगर ।  विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा हिमालय अंग्रेजी एकाडेमी तथा हिमालयन मल्टिपल कलेज धुलावारीले नगद ३० हजार रुपैयाँ प्रदान गरेको छ ।

सोमबार कलेजका अध्यक्ष अनन्तप्रकाश वस्तीले समितिका संयोजक तथा मेचीनगर प्रमुख विमल आचार्यलाई सो रकम हस्तानतरण गर्नुभयो । नोवल कोरोना भाइरस कोभिड १९ बाट बच्न गरिएको लकडाउनमा विपन्नले खाद्यान्नको अभावमा भोकभोकै बस्न नपरोस् भन्ने ध्येयले विभिन्न संघ संस्थाहरुले समितिमा रकम जम्मा गर्न थालेका हुन् ।

झापाको मेचीनगर नगर स्तरीय विपद् व्यवस्थापन कोषमा शनिबारमात्र मेचीनगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग बाणिज्य संघले नगद २ लाख १ हजार रुपैयाँ जम्मा गरेको थियो भने जिल्लाका सहकारी संस्था तथा विभिन्न उदोगी व्यवसायीहरुले स्वत स्फूतरुपमा रकम जम्मा गर्ने गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

(Visited 95 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *