करिब डेढ वर्षपछि बलिउड अभिनेत्री श्रीदेवीको नि*धन नभई कसैले ज्या*न लिएको खुलासा

एजेन्सी– बलिउड अभिनेत्री श्रीदेवीको निधन प्रकरण फेरि एकपटक चर्चामा आउन थालेको छ । यसबारे उनका पति तथा निर्माता बोनी कपुरले समेत बोल्न बाध्य भएका छन् । केरलाका एक प्रहरी अधिकारीले त्यहाँको पत्रिका केरला कौमादीमा आफ्नो स्तम्भमा यसबारे लेखेपछि बोनी बोलेका हुन् । गतवर्षको फेब्रुअरी २४ तारिखमा भारतीय चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको थियो। हालै श्रीदेवीको निधनबारे केरलाका प्रहरी महानिर्देशक (डीजीपी) ऋषिराज सिंहले श्रीदेवीको निधन बाथ ट्युबमा डुबेर नभएको बताएपछि यतिबेला भारतमा हंगामा मच्चिएको छ।

सिंहले श्रीदेवीको हत्या भएको बताएका हुन्। सिंहले केरलाको एक पत्रिकामा लेखेका छन्,‘श्रीदेवीको मृत्यु बाथट्युबमा डुबेर भएको थिएन, उनको हत्या भएको थियो।’ सिंहले आफूले श्रीदेवीको निधनको अनुसन्धानमा खटेका व्यक्ति र मेडिकल टिमसँग गरेको कुराकानीको आधारमा यस्तो दाबी गरेको बताएका छन्। यस मामलामा डाक्टर उमादथनले पनि आफ्नो विचार राखेका थिए। उनले भनेका थिए,‘मानिस जति मात्तिए पनि एक फिट पानीमा डुब्दैन। उ त्यतिबेला डुब्छ जतिबेला उसको दुवै खुट्टा कसैले पक्रिन्छ या उसको शिर टाउकोमा डुबाइदिन्छ।’

प्रहरी महानिर्देशक ऋषिराज सिंहको यस अभिव्यक्तिसँगै श्रीदेवीका पति बोनी कपुर भड्किएका छन्। उनले भने,‘म यस्ता हावादारी कुरामा प्रतिक्रिया दिन चाहन्न। यस्ता कुरा कल्पना बाहेक केही होइन। यस्ता कुरा उठिरहन्छन्। सबै कुरामा प्रतिक्रिया जनाउनै पर्छ भन्ने पनि छैन।’ त्यसो त गत फ्रेबुअरीमा निधन भएपछि श्रीदेवीको मृत्युबारे बारम्बार विभिन्न चर्चा भइरहेका छन् । श्रीदेवीको दुबईमा एउटा होटलमा शव भेटिएको थियो । उनी त्यहाँ पारिवारिक वैवाहिक समारोहमा भाग लिन गएकी थिइन् । दुबई प्रहरीले चाहिँ श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको नै उल्लेख गरेका थिए ।

(Visited 17 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *