जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

२४ चैत । धुलाबारी (झापा) । मेचीनगर–१० धुलावारी निवासी अनन्त वोस्तीले सोमवार (आज) असहाय अनाथ बालबालिकालाई खाद्य सामग्री सहयोग गरेकी छन् ।
मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत समेत रहेका वोस्तीले असहाय अनाथ बालबालिकालाई खाद्य सामग्री सहयोग गरेका हुन् ।
जन्मदिनको अवसर पारेर उनले असहाय अनाथ बालबालिकाको खाद्यान्नका लागी स्वबोध साधना केन्द्र मेचीनगर–९ लाई सहयोग गरेको हुन् ।
उनी सोमबार दिउसो साधना केन्द्रमै पुगी १०० केजी चामल हस्तान्तरण गरेको थिए ।
(Visited 36 times, 1 visits today)
प्रतिकृया दिनुहोस्