झापामका सडकमा बसेका भोका पेटलाई एक छाक खाना बितरण

२४ चैत । झापा : झापाका सडकहरु यति बेला अलपत्र र व्यवरिसे अवस्था धेरै नागरिकहरु बसिँरहेको अवस्था छ । लोक डाउनको अवस्था उनीहरुको दैनिकी झन कस्टकर भईरहेको छ ।
झापाको काँकरभिट्टा बाट सुरुङ्गा सम्म यस्ता दजनौ मानिसहरु दिन भोकै बसिरहेका छन । यसरी भोको पेटमा जिवन बिताईरहेका यी नागकिरहरुको लागि एक छाक खानाको व्यवस्था सुरु भएको छ ।
झापाका दुई संचारकर्मी खगेन्द्र घिमिरे र सचिन न्यौपानेले पहिलो पटक सुरु गरेको अभियानमा द्धोस्रो दिन बाट सत्य साई सेवा केन्द्रले साथ दिएको छ ।
सोही अनुसार सत्य साई सेवा केन्द्र संगठन नेपाल प्रदेश न १ क ले एक छाक तयार खाना खुवाउने व्यवस्था मिलाएको हो । हरेक दिन ४० बढी यस्ता व्यक्तिहरु बेलुकाको खाना बितरण हुँदै आएको अध्यक्ष कबिन्द्र श्रेष्ठले बताउनु भयो । उहाँहरुले तयार पाएर दिएको खाना बितरणमा संचारकर्मी तथा समाजसेवीले साथ दिनु भएको छ ।
समाजसेवी नरेश मोहरा,संचारकर्मी सचिन न्यौपाने,खगेन्द्र घिमिरे, भोले बाबा ,साथै केन्द्रकै संचार बिभागका सन्दिप गिरी ले सहकार्य जनाउनु भएको छ ।
काँकरभिट्टा चारआली,बिर्तामोड,चारपाने,लक्ष्मीपुर सुरुगा कनकाई माई किनारमा बस्ने लगायतलाई यो खाना बितरण गरिदै आएको छ ।
प्रतिकृया दिनुहोस्