कोरोनाबाट संक्रमित हुनेको संख्या १३ लाख नजिक, मृत्यु हुनेको संख्या ७० हजार नजिक, कुन देशमा कति (सूचीसहित)


विश्वभर कोरोना भाइरस (संक्रमण) संक्रमितको संख्या १३ लाखको नजिक पुगेको छ भने करिब साढे ६९ हजारको मृत्यु भइसकेको छ।

सोमबार बिहानसम्मको तथ्याङ्क अनुसार विश्वका २ सय ८ देश तथा क्षेत्रमा १२ लाख ७३ हजार ७ सय ९४ जनामा कोरोना संक्रमण भएको पाइएको छ। यो भाइरसका कारण ६९ हजार ४ सय १९ जनाले ज्यान गुमाएका छन्।

कूल संक्रमति मध्ये २ लाख ६० हजार १ सय ९३ जना उपचार पछि निको भइ अस्पताबाट घर फर्केका छन्। हालः विश्वभर ९ लाख ४१ हजार १ सय ४३ जना कोरोनाका बिरामी उपचारत छन्। उपचारत मध्ये ४५ हजार ५ सय ८९ को स्वास्थ्य अवस्था गम्भिर रहेको छ भने ८ लाख ९५ हजार ५ सय ५४ जनाको अवस्था सामान्य छ।

कोराना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस आइतबारसम्म विश्वका २ सय ८ देश तथा क्षेत्रमा देखिएको छ।

नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ, जसमध्ये एक जनालाई निको भइसकेको छ भने ८ जना उपचार गराइरहेका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन, इरान, बेलायत, टर्की, स्वीट्जरल्याण्ड, बेल्जियम र नेदरल्याण्ड्स रहेका छन्।

कोरोना भाइरसबाट हालसम्म सबैभन्दा बढीको मृत्यु इटालीमा भएको छ भने संक्रमित अमेरिकामा देखिएका छन्।

अमेरिकामा हालसम्म ३ लाख ३६ हजार ९ सय ५८ जनामा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये ९ हजार ६ सय २६ जनाको मृत्यु भइसकेको छ। स्पेनमा कोरोनाको संक्रमित १ लाख ३१ हजार ६ सय ४६ रहेकोमा १२ हजार ६ सय ४१ जनाले ज्यान गुमाइसकेका छन्।

इटालीमा हालसम्म १ लाख २८ हजार ९ सय ४८ जनामा कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ।

जर्मनीमा आइतबारसम्म १ लाख १ सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये १ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ।

फ्रान्समा ७० हजार ४ सय ७८ जनामा संक्रमण देखिएकोमा ८ हजार ७८ जनाको मृत्यु भइसकेको छ।

चीनमा हालसम्म ८१ हजार ७ सय ८ जनामा कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ।

इरानमा हालसम्म ५८ हजार २ सय २६ जनामा कोरोना भेटीएको छ, जसमध्ये ३ हजार ६ सय ३ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोना संक्रमितको संख्या ४७ हजार ८ सय ६ पुगेको छ। यीमध्ये ४ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ।

टर्कीमा कोरोना संक्रमितका संख्या २७ हजार ६९ रहेकोमा ५ सय ७४ जनाको मृत्यु भइसकेको छ।

स्वीट्जरल्याण्डमा कोरोना संक्रमतिको संख्या २१ हजार ६५ पुगेको छ, जसमध्ये ७ सय १५ जनाको मृत्यु भएको छ।

बेल्जियममा १९ हजार ६ सय ९१ संक्रमित रहेकोमा १ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ।
नेदरल्याण्ड्समा १७ हजार ८ सय ५१ जनामा कोरोना देखिएको छ। यीमध्ये १ हजार ७ सय ६६ जनाको मृत्यु भइसकेको छ।

बाँकी कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित अन्य देशमा रहेका छन्।

नेपालमा भने १ हजार ५ सय २१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यसमध्ये ९ जनामा पोजेटिभ रिर्पोट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो ३ जना संक्रमितको सङख्या थपिएको हो । जसमध्ये २ जना विदेशबाट आएका नागरिक हुन भने एकजना नेपालमै रहेका नागरिक हुन् । नेपालमै रहेका कोरोना संक्रमित कैलालीका आफन्तमा पनि कोरोना संक्रमण भएको हिजो पुष्टि भएको हो ।

(Visited 98 times, 1 visits today)

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु