सोमवार (भोली) मेचीनगर साकोस खुल्ला हुने


मेचीनगर । लक डाउनका कारण सेबाग्राही मर्कामा परेको भन्दै सहकारी लगायत वित्तिय सस्थाहरुले निश्चित समयमा कार्यालय खोल्न थालेका छन् । वित्तिय सस्थाहरुले सदस्यलाई आर्थिक समस्या नहोस् भनेर निश्चित समय भएपनि सेवा उपलब्ध गराउन थालेका हुन् ।

यसैक्रममा मेचीनगर बचत तथा ऋण सहकारी सस्थाले सोमबार (भोली) कार्यलय खोल्ने भएको छ । सस्थाको आइतबार बसेको वैठकले सोमवार केही घण्टाका लागि कार्यलय खोल्ने मेचीनगर साकोसका व्यबस्थापक मानस सिटैलाले इमेचीलाई जानकारी दिए ।

सोमबार बिहान ११ बजेदेखी २ बजेसम्मको समयमा कार्यलय खुल्ला रहने उनले बताए । सदस्यको आवश्यक्तालाई मध्यनजर गर्दे खाताबाट १० हजार सम्म रकम निकाल्न मिल्ने व्यवस्था गरिएको व्यबस्थापक सिटैलाले बताए । सोमबार कार्यालय खोलेपछिको अबस्था हरेर अन्य कुन दिन खोल्ने भन्ने निणर्य गरिने व्यबस्थापक सिटैलाले बताए ।

(Visited 27 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु