मेचीनगर । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ ।

मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । राहात कोषमा साना किसान मेचीनगर–४ बाहुनडाँगी झापाले ३१ हजार सहयोग गरेकोे छ । संस्थाबाट २५ हजार र संस्थाका कर्मचारीबाट २ दिनको पारिश्रमिक बराबर रू ६ हजार गरि जम्मा ३१ हजार रुपैयाँ सहयोग गरेको हो ।

राहत रकम संस्थाका प्रवन्धक पोषककुमार दर्जीले मेचीनगर नगर उपप्रमुख मिना पोख्रेल उप्रेतीलाई हस्तान्तरण गरेका छन् ।

(Visited 53 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *